अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज चन्द यूएईमा सम्मानित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

यूएई- बिश्व कृतिमानी यात्राको दौरानमा रहनु भएका दुईहातले एकै साथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सुदूर पश्चिम सेवा समाज यूएईले सम्मान गरेको छ ।
०१ जनवरी २०१९ मंगलबारका दिन युएईको बर-दुबई स्थित सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिमा एउटा कार्यक्रमको आयोजना गरि सुदूर पश्चिम सेवा समाज यूएईले बैतडी जिल्लाको सिगास गाउपालिका जन्मी हाल नेपाल र नेपालीलाई सकारात्मक संदेशका साथ बिश्व कृतिमानी यात्राको दौरानमा रहनु भएका दुईहातले एकै साथ उल्टो सुल्टो लेख्न सक्ने, खुट्टा, कुहिना र मुखले समेत गरी एकैसाथ ६ ओटा कलमले लेख्न सक्ने अदभुत एबं बहुमुखी प्रतिभाका धनी मनोज चन्दलाई सम्मान-पत्र सहित खादा ओडाएर सम्मान गरेको हो ।
सुदूरपश्चिमेली नेपाली समाज (FNS) का बरिष्ठ उपाध्यक्ष लोकेन्द्र बहादुर बमको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज (FNS) का मध्यपूर्व संयोजक धर्मराज पाण्डेय बिशेष अतिथि रहनु भएको थियो भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएई बर-दुबई क्षेत्रिय समितीका अध्यक्ष कृष्णनन्द जोशी र सुदूर पश्चिम सेवा समाज यूएई आजमान-शारजाह क्षेत्रिय समितीका सल्लाहाकार राजु बिष्ट तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्र बहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै नेपालीलाई विश्व सामु चिनाउन गिनीज बुक ऑफ दि विश्व रिकॉर्डमा नाम लेखाउने मनोज चन्दको प्रयास सफल रहोस् भन्ने कामना ब्यक्त गर्नु भएको थियो । भने बिशेष अतिथि धर्मराज पाण्डेयले चन्दले छिट्टै कृतिमानी कायम गरेको खबर सुन्नु पाईयोस् भन्ने जिज्ञासा राख्दै शुभकामना दिनु भएको थियो । त्यस्तै अन्य अतिथिहौरुले पनि आ-आफ्नो शुभकामना मन्तब्य राख्दै बिश्व कृतिमानी यात्राको दौरानमा रहनु भएका चन्दलाई शुभकामना दिएका थिए ।
सोहि कार्यक्रममा सुदूर पश्चिम सेवा समाज यूएईले बिश्व यात्राका दौरानमा केहि सहयोग होस् भनि चन्दलाई नेपाली रु १९,८७५ ( उन्निस हजार आठ सय पचहत्तर रुपैया ) आर्थिक सहयोग पनि गरिएको थियो ।

  

L
Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी