अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण : फाउन्डेसन र महानगरबीच सम्झौता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएको छ । उक्त रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको हो ।

बुधबार काठमाडौंमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

 प्राविधिकको टोलिले रङ्गशाला बनाउने स्थान खोज्न लामो समय खर्चिएका थिए । अन्तिममा फाउन्डेशनले चितवन स्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गामा रंगशाला बनाउन अनुमति पाएको हो ।

करिब ३० हजार दर्शक क्षमताको हुने रंगशाला लगभग ३ अर्बको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।  चितवनको कृषि तथा वन विश्वविद्यालयले २० विगाह ८ कठ्ठा क्षेत्रफल उपलब्ध गराएको फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताए । साढे दुइ बर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो रङ्गशालाको नाम नाम गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

रङ्गशालाको डीपीआर चार महिनामा बनि सक्ने उद्घोष गरिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी