अब फेसबूकमा पठाएको मेसेज डिलिट गर्न मिल्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं — फेसबूकको मेसेजिङ सर्भिस मेसेन्जरमा पनि ह्वाट्सयाप र इन्स्टाग्राम जस्तै पठाइएको मेसेज डिलिट गर्ने फीचर आएको छ ।

यो फीचरलाई कम्पनीले नोभेम्बरमा नै जारी गरेको थियो तर मंगलवार यस फीचरलाई संसारभरिका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूका लागि रोलआउट गरियो ।

फेसबूकले यस फीचरलाई रिमुभ फर एभ्रिवन नाम दिएको छ । यो फीचर आएपछि अब मेसेन्जरमा पठाइएको मेसेजलाई १० मिनेटभित्र डिलिट वा अन्सेन्ड गर्न सकिनेछ ।

यसले ग्रूप च्याटमा पनि काम गर्नेछ । तपाईंले कुनै ग्रूपमा झुक्किएर मेसेज पठाउनुभएको छ भने डिलिट गर्न सक्नुहुन्छ । दश मिनेटभित्र प्रयोग नगरेमा रिमुभ फर एभ्रिवन फीचर प्रयोग गर्न मिल्दैन ।

रिमुभ फर यु भन्ने अप्सन पनि छ जसमा मेसेजलाई तपाईंको आफ्नो च्याटबाट मात्र डिलिट गर्न मिल्छ ।

प्रयोगकर्ताले डिलिट गरिएको मेसेजको रिपोर्ट पनि गर्न सक्नेछन् । ग्रूप वा पर्सनल च्याटबाट पठाइएको मेसेजलाई डिलिट वा रिमुभ गरिएमा त्यसलाई पनि रिपोर्ट गर्न सकिनेछ । यसका लागि सबभन्दा पहिले युजरको नाममा क्लिक गरेर समथिङ रंगमा ट्याप गर्नुपर्छ र त्यसपछि रिपोर्ट गर्नका लागि सही क्याटेगोरी छानेर रिपोर्ट गर्नुपर्छ ।

यस फीचरलाई प्रयोग गर्नका लागि मेसेजमा ट्याप गर्नुस् । दुईवटा अप्सन आउनेछन् ।

पहिलो अप्सन रिमुभ फर एभ्रिवन हुनेछ । त्यसमा पठाइएको मेसेज सेन्डर र रिसीभर दुवैको इन्बक्सबाट हट्नेछ ।

अर्को अप्सन रिमुभ फर यु छ जसमा ट्याप गरेपछि मेसेज सेन्डरको इन्बक्सबाट हट्नेछ तर रिसीभरको इन्बक्समा मेसेज देखिनेछ ।

रिमुभ फर एभ्रिवनमा ट्याप गरेपछि एक वार्निङ मेसेज देखिनेछ जसलाई कन्फर्म वा क्यान्सिल गर्नुपर्नेछ ।

मेसेज रिमुभ भएपछि इन्बक्समा ह्वाट्सयाप जस्तै मेसेज वाज रिमुभ्ड देखिनेछ ।

एजेन्सी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी