अमेरिकामा छक्का पञ्जा ३ लाई ६४ शो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षयता वर्षेनी नयाँ रेकर्ड बनाउँदै आएको चलचित्र ‘छक्का पञ्जा ३’ले बाहिर देशमा पनि रेकर्ड थप्दै गएको छ । नेपालमा बम्पर ब्यापार गरेसँगै विदेशका हलहरूमा पनि चलचित्र प्रदर्शनमा आएको छ भने कतिपय देशमा आउनेक्रममा छ । नेपाली चलचित्रको सबैभन्दा ठूलो विदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा ‘छक्का पञ्जा ३’ले अपेक्षा गरेभन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यसअघि रिलिज भएका छक्का पञ्जा, छक्का पञ्जा २ र लुट २ को ३ हप्तासम्म चलेको रेकर्ड रहेको थियो भने अब यो रेकर्डलाई छक्का पञ्जा ३ ले तोडिदिएको छ । नेपालीहरूको बाक्लो बसोबास हुँदै गरेको अमेरिकाको डालस टेक्सास मा अहिले छक्का पञ्जा ३ ले विदेशी भूमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली चलचित्र बनी नयाँ रेकर्ड बनाएको छ ।

चलचित्रले हालसम्म डालसमा मात्रै ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भइरहने बताइएको छ । दीपाश्री निरौलाद्वारा निर्देशित यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसाईं, जितु नेपाल, नीर शाह, बुद्धि तामाङलगायतको अभिनय छ । चलचित्र अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले अधिकारिक रूपमा वितरण गरेका हुन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी