अमेरिकामा नेपाली चेलीको निधन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

अमेरिकाको डिसी महानग क्षेत्रमा एक नेपाली चेलीको निधन भएको छ ।  केही समय अघिदेखि विरामी रहेकी ३२ वर्षीया रिचा प्रधानको मंसिर ११ गते (२७ नोभेम्बर) का दिन मृत्यु भएको पारिवारिक श्रोतले जनाएको अमेरिकाबाट पत्रकार विजय थापाले जनाएका छन् ।
वरिष्ठ इन्जिनियर गोविन्द प्रधान तथा आमा कल्पना प्रधान भर्जिनिया स्टरलिङ सहरमा बसोबास गर्छन् । उनी नेपा : पासा पुच : अमेरिकाका आजीवन सदस्य हुन् ।
पारिवारिक स्रोतका अनुसार रिचा केही समय देखि अबुर्द (क्यान्सर) रोगसँग संघर्ष गरि रहेकी थिइन् । उनी प्रधान दम्पत्तीका एक मात्र सन्तानको रुपमा रहेको बताइएको छ ।
स्व रिचा प्रधानको अन्तिम दाहसंस्कार भर्जिनियामा गरिने भएको छ । डीसी महानगर क्षेत्रको भर्जिनियाको हरनडन सहरस्थित एलडेन स्ट्रिट स्थित एडम्स ग्रिन फ्युनेरल होम एण्ड क्रिमेटोरीमा डिसेम्बर १ का दिन गरिने भएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी