अर्को क्रान्ति आवश्यक छ !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

एउटा क्रान्तिको समापन भई त्यो शान्तिमा रूपान्तरण भइसकेपछि फेरि अर्को क्रान्ति नेपाललाई चाहिएको छैन । त्यही एउटा क्रान्तिले ल्याएको गणतान्त्रिक लोकतन्त्र संस्थागत भइसकेको छैन र यसलाई संस्थागत गर्ने क्रममा अनेकौं अप्ठ्याराहरू आइसकेका छन् भने अरू विभिन्न क्रान्तिको औचित्य छैन । ठूलो प्रयासबाट बनेको संविधान कार्यान्वयनकै क्रममा छ । अब अर्को माओवादी जन्मिने र अर्को क्रान्ति हुने कुरा नेपाली जनताको हितमा हुन सक्दैनन् । बम, बारुद र हतियारको राजनीतिबाट लोमो समयसम्म आक्रान्त बनेका नेपालीहरू अब फेरि तिनै कुरा सुन्न चाहँदैनन्, यथार्थमा यसको आवश्यकता पनि छैन ।

जनताले नेकपालाई ताजा जनादेश दिएको वर्ष दिनमात्र भयो । जनादेश प्राप्त दलले आफूले पाएको जनादेश बमोजिम काम गर्न सक्नुपर्छ र त्यसो गर्न नसकेको दोष अरूमाथि थोपर्नु हुँदैन । जनताले पनि यति छिट्टै केही प्राप्त गरिहाल्ने ठूलो महŒवाकांक्षा राखेका पनि छैनन् । उनीहरू हेर्न र पर्खिन तयार छन् । यसको ठीक उल्टो यो जनादेशअनुसार काम गर्न नसकिरहेको दलका सदस्यहरू आफैंमा बेमेलको भूमरीमा फन्फनी घुम्दैछन् र आफूले चाहेजस्तो नहुँदा अर्को क्रान्तिको कुरा उठाउँदैछन् ।

अर्कातिर पहिलेदेखि शान्ति प्रक्रियामा नआई आतंकपूर्ण क्रान्ति गरिरहेको दल अझैं पनि त्यही बाटोमै छ । उसले अवलम्बन गरेको बाटोलाई जनताले रुचाएका छैनन् तर ऊसले यो बाटो छोडेको छैन ।

भखैरै उसले बम विष्फोटन गरायो जसबाट धनजनको क्षति भयो । विष्फोटनमा परेर मान्छेको ज्यान गयो तर उसले गर्वका साथ वक्तव्य जारी ग¥यो र ‘बम हामीले पड्काएका हौं, यसको जिम्मेवारी लिन्छौं, मान्छे मार्ने हाम्रो नियत थिएन’ भन्यो । नियत होस् कि नहोस्, मान्छे मरेपछि त्यसको जिम्मेवारी उसले लिने कि नलिने ¤ देशका भौतिक संरचना पड्काएर घाटा कसलाई हुन्छ ¤ आखिर त्यसको क्षतिपूर्ति त जनताकै कारबाट हुने होइन र !

कानुनी राजका लागि दबाब दिनुपर्छ, प्रत्येक स्वच्छन्दतावादमाथि प्रहार पनि हुनुपर्छ, तर आतंकपूर्ण प्रहारले मानवीय मूल्य र मान्यता बच्दैन । सरकार अधिनायकवादतिर लाग्यो भने त्यसलाई खबरदारी गर्ने काम हुनुपर्छ । तर यसका लागि आतंकपूर्ण विष्फोट गराएर र मान्छेको ज्यान लिएर यो क्रान्ति जनताको हितका लागि हुन सक्दैन । विश्व आतंकवादको विरुद्धमा छ । आतंक र क्रान्ति फरक फरक विषय हुन् । आतंक क्रान्ति हुनसक्दैन । केही मानिसहरू राजनीति र क्रान्तिका नाममा काठमाडौंलाई काबुल बनाउन अघि सरेका जस्तो देखिएको छ जुन नेपालीका लागि पाच्य विषय होइन ।

एनसेलले राज्यलाई तिर्नुपर्ने करको रकम निकै ठूलो छ । यति नै भनेर त्यसको किटान हामीबाट हुनसक्दैन । जरिवानासमेत जोड्दा त्यो दिनदिनै वृद्धि हुँदै पनि जान्छ । त्यसले त्यत्रो कर तिर्न नचाहेकै हो तर तिर्नु पर्दैन भनेरउसलाई उन्मुक्ति दिन चाहनेहरू आन्तरिक राजस्व कार्यालय र अर्थ मन्त्रालयभित्रैका हाकिमहरू हुन् र राजनीतिज्ञहरू उसको अर्को पाटो बनेर उभिएका छन् । उच्चस्तरीय राजनीतिज्ञको कर्मचारीस“गको मिलोमतोबाट एनसेलले कर नतिरेको खुलासा भइसकेको छ । एनसेलले आफूले दलहरूलाई दिएको चन्दा फिर्ता गरेआफू कर तिर्न तयार रहेको जनाउ पनि उसले दिएको छ ।

सरकार वा नेताहरूबाट कमजोरी भएको भए त्यसलाई स्वीकार्नुपर्छ र सच्याउन सक्नुपर्छ । सरकार सच्चिएर सुशासन र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्छ । सुशासनको अरू कुनै विकल्प देखिँदैन । यसैबीच एनसेलको नख्खुस्थित टावर पड्काइएको छ । विष्फोटनबाट एकजनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । सरकारले तत्काल मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारमा सघाउने भनिसकेको छ । छाननिका क्रममा ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

बम विष्फोट गराउनेलाई एनसेललाई सबक सिकाइयो भन्ने लागेको हुनसक्छ तर एनसेललाई मात्र होइन अरू जुनसुकै निकायलाई समेत किन नहोस् कानुनी मार्गमा हिँडाउने यो तरिका सर्वथा गलत छ । आतंक आतंकै हो र आतंकका माध्यमबाट विधिको शासन चल्न सक्दैन ।

यतिमात्र होइन, ओली सरकारले वैदेशिक लगानी भिœयाउन भरमग्दुर प्रयास गरिरहेको छ, अर्थमन्त्री बेलायतसम्म पुगेर आएका छन् भने सरकारले दाता राष्ट्रहरूको सम्मेलन गर्ने तयारीसमेत गरेको छ । कसरी देशमा वैदेशिक लगानी भिœयाउने भनेर सरकार लाग्नु र आन्तरिक शक्तिहरूले यसरी बम विष्फोट गराउ“दा विदेशी लगानीकर्ता तर्सेर भाग्ने निश्चित छ । यसबाट हानी देशकै छ, नोक्सानी हामी सबैको छ । यस्तो विष्फोटनको बाटोबाट राज्य प्रणाली हत्याउने चाहना राख्नेहरूले पनि यो कुरा बुझ्नु आवश्यक छ ।

एनसेलको टावर पड्कियो, यसबाट एनसेलको कुनै नोक्सानी भएको छैन । बीमा र क्षतिपूर्ति रकमको दायित्व जनताले तिरेको करमाथि नै पर्ने हो । अनाहकमा एकजनाको ज्यान गुम्यो, देशमा आतंकको त्रास व्यप्त भयो । यसरी सनसनी फैलाएर कुनै उसलाई समेत कुनै लाभ छैन । लाभकै राजनीति गर्ने हो भने त सरकारलाई सहयोग गर्नुमा यो प्राप्त हुनसक्छ । सरकारलाई सही मार्गमा हिँड्न प्रेरित गर्नुमा सबैको हित छ, जनताप्रतिको जिम्मेवारी निर्वाहमा पनि जनसहानुभूति पाइन्छ ।

हो, एनसेल वा जोसुकै व्यवसायी, उद्यमीले कर तिर्नैपर्छ । असल नागरिक हुनका लागि, असल व्यवसायीको साख कमाउनका लागि समेत कर तिर्नुपर्छ । कर लिने सरकार र कर तिर्ने दायित्व भएकालाई प्रोत्साहित गर्नु विधिको शासनमा बल पु¥याउनु हो । अब हिंसा बर्जित छ, नागरिक हिंसा भनेपछि घृणा गर्छन्, हिंसा चाहँदैनन् । नागरिकले चाहेको शान्ति र समुन्नति हो । यसैका लागि जनताले नेकपालाई दुई तिहाइ बहुमत दिएका हुन् । नेकपा आफ्नो जिम्मेवारीमा नैतिक रूपमा उभिनुपर्छ र जनताप्रति जवाफदेही हुनैपर्छ भने आमनागरिक, अन्य राजनीतिक दल वा शक्तिहरूले सरकारलाई सघाउनै पर्छ । यो सरकारले पाँच वर्षका लागि जनसमर्थन पाएकाले यो पाँच वर्षमा यो सरकारलाई सही मार्गमा हिँडाउने प्रयत्न गर्नु सबै नागरिक वा राजनीतिक शक्तिको कर्तव्य हो । बम पड्काएर भययुक्त वातावरण बनाउनु उचित हेइन । मुलुकभित्र सञ्चालनमा रहेका कुनै पनि सम्पत्ति वा संरचना बिगार्नु भत्काउनु, ध्वंस गर्नु आततायी काम हो । यसता कामबाट अलग रहेर जनहितका कार्यमा लाग्नुबाट जनसमर्थन पनि पाउँन सकिन्छ ।

(लेखिका महालक्ष्मी नगरपालिका, ललितपुरकी निर्वाचित महिला सदस्य हुन् ।)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी