अलपत्र परेका सात महिलाको उद्धार

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

माइती नेपालले बिहिबार म्यानमार र नया दिल्लीबाट सात महिलाको उद्दार गरेको छ । उद्धार गरिएका महिला मध्य एक जानालाई म्यानमार र छ जानालाई नया दिल्लीबाट उद्धार गरिएको हो ।

यसरी उद्धार हुने महिलाहरु २२ बर्षदेखि ४० बर्षसम्मका रहेका छन् । उनीहरु इराक, कुवेत, यूएइ जस्ता देशहरुमा काम लगाइदिने लोभमा बेचबिखनको फन्दामा परेका थिए । बिहिबार सकुशल नेपाल आईपुगेपछि ती महिलाहरुले आफू बेचिनबाट जोगिएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले भने “एजेन्टको कुरा सुनेर हामी नराम्रोसंग फस्यौं अब नेपालमै केही गर्न चाहन्छौं ।”

४० बर्षिय प्रमिला थापाको काँधमा आफ्नो तीन छोराछोरी हुर्काउने जिम्मेवारी थियो । त्यसैले पनि विदेशिनु उनको बाध्यता थियो । इराक जाने क्रममा उनकी दिदिकी छोरी अनिता कार्की र उनलाई भारतिय प्रहरीले दिल्लीबाट उद्धार गरेको थियो । प्रमिलाले सन् २००९ देखि ६ बर्षसम्म इराकमा एक बृद्धा महिलाको स्याहार गरिन् । तीन बर्षसम्म उनले जर्मनीमा शरणार्थीको रुपमा जीवन बिताईन् ।

दोलखाकी २२ बर्षिय एक युवतीलाई भारतको मणिपुरस्थित इम्फाल भन्ने ठाउँबाट म्यानमार पु¥याईयो । उनले भनिन् “मलाई मेरो एजेन्ट दिलबहादुर कार्कीले काम मिलाईदिन्छु भन्दै म्यान्मार पु¥यायोे ।” काठमाण्डौबाट दिल्ली लगेपछि त्यहाँ २५ दिन राखेर उनलाई मणिपुर लगेर फेरि सात दिन त्यतै राखियो । म्यानमार पुग्दासम्म ४० दिन बितिसकेको थियो तर उनको लागि दुबईको टिकट र भिषा दिईएन । उनका दाजुले माईती नेपाललाई पत्र लेखेपछि मात्रै उद्धार प्रक्रिया अघि बढाईएको माईती नेपालका उपनिर्देशक अच्यूत नेपालले बताए ।

त्यसैगरी दोलखाकै अर्की बिमला श्रेष्ठले पनि आफ्नो काँधमा छोराछोरी आमाबुबा र दिदिको पालनपोषणको जिम्मेवारी रहेको कारणले आफ्नी नन्द मीना मगरको सल्लाहमा इराक जान लागेको बताईन् । यसै क्रममा बिमला र उनकी साथी बिनिता तामाङलाई माघ १७ गते उद्धार गरिएको थियो ।

अर्घाखाँचीकी सिता विक र उमा थापालाई कुवेतमै रहेकी गीता विकले उता आउन सल्लाह दिएकी थिईन् । महेन्द्रनगर हुँदै दिल्ली पुगेका ती महिलाहरुलाई प्रहरीले उद्धार गरेको थियो । भारतीय प्रहरीले मणिपूरका विभिन्न ठाउँबाट धेरै महिलाहरुको उद्धार गरिसकेको छ भने अहिलेसम्म उद्धार हुनेको संख्या एकसय ८२ पुगेको छ ।

माईती नेपालले भारतको महिला आयोगको सहयोगमा ६ महिलाहरुको उद्धार गरेको माईती नेपालका उपनिर्देशक अच्यूत नेपालले बताए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी