अष्ट्रेलियामा पढ्न जाने सोचमा हुनुहुन्छ ? यसरी रोज्नुहोस् युनिभर्सिटी,कसरी जाने डिपेन्डेन्ट भिसामा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

अष्ट्रेलिया । विदेश जाने विद्यार्थीको रोजाईमा अष्ट्रेलिया नै बढि पर्ने गरेको छ । अन्यदेशको तुलनामा आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली विद्यार्थीपढ्नको लागि अष्ट्रेलिया गएका छन् । कंगारुको देश अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईमा रहेको छ ।

त्यसमध्ये व्यावसायिक विषयको रोजाइ धेरै पर्ने गरेको छ । केही वर्षअघिसम्म अमेरिका र बेलायतमा अध्ययन गर्ने सपना हुने गरेता पनि पछिल्लो समय विद्यार्थीको विदेश अध्ययनको गन्तव्य फेरिएको छ । अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएर अध्ययन गर्ने सपना सजाउन थालेका छन् । वैदेशिक अध्ययनको प्रमुख गन्तव्य अब अष्ट्रेलिया बन्न थालेको छ ।

पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अष्ट्रेलियातर्फ मोडिएको हो । अर्कोतर्फ अष्ट्रेलियामा तुलनात्मक रूपमा सस्तोमा आफूले चाहेको विषय अध्ययन गर्न पाउने र अन्य सुविधाहरूसमेत प्रशस्त भएकाले धेरै विद्यार्थी अष्ट्रेलिया जान चाहेको शैक्षिक परामर्श कम्पनीका सञ्चालकहरू बताउँछन् ।

विदेश पढ्न जानेको लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिनेमध्ये झण्डै आधाले अष्ट्रेलियाका लागि लिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा राम्रा युनिभर्सिटीले गर्दा विदेशी विद्यार्थीहरु आकर्षित छन् । ती युनिभर्सिटीमध्ये आफ्नो लागि उपयुक्त युनिभर्सिटी छनोट गर्नको लागि यी कुराहरुलाई ध्यानमा राख्दा सजिलो हुन्छ :

अष्ट्रेलियाका युनिभर्सिटीहरुका विभिन्न संगठन (नेटवर्क) हुने गर्छन् । उक्त युनिभर्सिटी कुन नेटवर्कसंग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको कार्य र उद्देश्यको बारेमा जान्न सकिन्छ । ग्रुप अफ एट, द अष्ट्रेलियन टेक्नोलोजी अफ युनिभर्सिटीज, द रिजनल युनिभर्सिटीज नेटवर्क र द इनोभेटिभ रिसर्च युनिभर्सिटीज नेटवर्क अष्ट्रेलियामा रहेका युनिभर्सिटी नेटवर्क हुन् ।

त्यस्तै एसोसियसन अफ पेसिफिक रिम युनिभर्सिटीज, इन्टरनेसनल अलायन्स अफ रिसर्च युनिभर्सिटीज अन्तर्रा्ष्ट्रिय नेटवर्क हुन् । सबै युनिभर्सिटीहरुको सबै पक्ष सबल हुँदैन । आफूले रोजेको कोर्सलाई उक्त युनिभर्सिटीले प्राथमिकतामा राखेको छ कि छैन बुझ्नुपर्छ । आफ्नो लक्ष्यलाई युनिभर्सिटीको सबल पक्षले समेटेको भए मात्र उक्त युनिभर्सिटी रोज्नुपर्छ ।

युनिभर्सिटीहरुमा व्यवसायिक दक्षताको लागि दिईने ज्ञान, गेस्ट लेक्चर, फिल्ड वर्कको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । त्यस्तै युनिभर्सिटीले दिने छात्रवृत्ति र इन्टर्नशीपबारे थाहा पाउनुपर्छ । युनिभर्सिटीसँग आबद्ध कलेजहरुको संख्या र स्थिति, त्यहाँ विदेशी विद्यार्थीलाई दिईने प्राथमिकता, विदेशी विद्यार्थीहरुको संख्या र उनीहरुको अनुभव आदि बुझ्नुपर्छ । जसले गर्दा आफूलाई विदेश विद्यार्थीहरुसँग घुलमिल हुने र विभिन्न क्षेत्रको ज्ञान लिने अवसर मिल्छ ।

व्यावसायिक विषयको रोजाइ

अधिकांश विद्यार्थीहरू सूचनाप्रविधि, नर्सिङ, इञ्जिनीयरिङ, स्वास्थ्य विज्ञान, एमबीए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । विद्यार्थीहरूले सैद्धान्तिकभन्दा प्राविधिक विषयलाई बढी ध्यान दिने गरेका छन् ।

डिपेन्डेन्ट भिसामा कसरी जाने अष्ट्रेलिया ?

अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेन्डेन्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेन्डेन्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो- ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अस्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । ‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, । ‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।’

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।

यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् । श्रम कानुनअनुसार प्रत्येक कामदारले अस्ट्रेलियन १६ डलर पारिश्रमिक पाउँछन् । कामको प्रकृतिअनुसार त्योभन्दा बढी पनि आर्जन गर्न सक्छन् ।

अध्ययन भिसा नेपालबाट अस्ट्रेलियाको कलेज र युनिभर्सिटीमा भर्ना हुने प्रक्रिया हो । प्लस टु, स्नातक या मास्टर्स सकेको छ र थप अध्ययन गर्न जान चाहन्छ । भाषाको परीक्षा चार किसिमको मध्ये कुनै एक दिनुपर्छ । आईएलटीएस (इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम) पढेकै हुनुपर्छ ।

पढेको तहको सर्टिफिकेट, भाषाको रिजल्ट, अनुभव भएमा त्यसको सर्टिफिकेटसहित कलेज युनिभर्सिर्टीको आवेदन फाराम भरिन्छ । भाषा टेस्टको नियम भने कलेज युनिर्सिटी र कोर्सपिच्छे स्कोर (प्राप्तांक) फरक फरक हुन सक्छ । यी सबै कागजातसहित आवेदन दिएपछि कलेज युनिभर्सिटीले या त स्वीकार गर्छ र अफर लेटर (अफर अफ अ प्लेस)

पठाउँछ । विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार (स्कोप) कस्तो छ भन्नेबारे जानकारी लिनैपर्छ । आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रस्ट हुन जरुरी छ । त्यसनिम्ति परामर्श दातृ निकाय वा अनलाइनबाट जानकारी लिन सकिन्छ ।

अफर लेटर प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकले आर्थिक रूपमा अस्ट्रेलियामा विद्यार्थीले जान, आउन, पढ्न, खाना, बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्न सक्ने गरी नेपालको दुईमध्ये कुनै एक बैंक (एसबीआई र नबिल बैंक) मा तीन महिनाअघिदेखि रकम जम्मा रहेको प्रमाण वा रकम नभएको खण्डमा तिनै दुई बैंकबाट शैक्षिक कर्जा लिएको प्रमाण पेस गर्नुपर्छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी