‘आकाशलाई धन्यवाद’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नायक पल शाह पछिल्लो समयका युवास्टार हुन् । केही चलचित्रमा अभिनय गरेसँगै उनको चर्चा चुलिन थाल्यो । ‘नाई नभन्नु ल ४’ चलचित्रबाट डेब्यु गरेका पलले सयौं म्युजिक भिडियोमा मोडलिङ भने गरिकेका थिए । त्यसैले पनि उनलाई चलचित्रमा धेरै दर्शकले मन पराए । यसका साथै अहिले पललाई चलचित्रमा काम गराउनका लागि निर्माता तथा निर्देशकहरू धाइरहेका हुन्छन् ।

पलले पछिल्लो समय काम गरेको चलचित्र ‘वीर विक्रम २’ हो । जुन प्रदर्शन हुनेक्रममा छ । सो चलचित्रको केही दिनअघि एक गीत सार्वजनिक भयो जसमा उनीसँगै नायिका वर्षा सिवाकोटीको नृत्य छ । सो चलचित्रमा पलभन्दा अघि नायक आकाश श्रेष्ठ फाइनल भएका थिए । तर सुटिङमा जानुभन्दा केही दिनअघिमात्रै आकाशले पारिवारिक कारण देखाउँदै चलचित्रबाट हात झिके ।

अन्तिममा आएर आकाशले चलचित्रमा काम गर्दिनभन्दा निर्माता तथा निर्देशक मिलन चाम्स केही दिन तनावमा रहे र नायक पललाई नायकमा रोजे । पल पनि राम्रो चलचित्र तथा ब्यानरको खोजीमा थिए र अन्ततः ‘वीर विक्रम २’ मा काम गर्न इच्छुक भए । गीत सार्वजनिक कार्यक्रममा पलले चलचित्रमा काम गर्नुको कारण ठूलो ब्यानर र राम्रो स्क्रिप्टलाई देखाए ।

कलाकारले चलचित्र गर्छु भनेर अन्तिममा आएर छाड्दा अरू समकालीन कलाकारले त्यो चलचित्रमा काम गरिहाल्छु भन्न डराउँछन् तर पलले अन्तिम समयमा पनि अफर अस्वीकार गरेनन् । चलचित्रको बजारमा पल र आकाश एक प्रतिस्पर्धी जस्तै हुन् । चलचित्रका निर्माता तथा निर्देशकहरू पल नभए आकाश र आकाश नभए पललाई रोज्ने भन्ने मनशाय राखेका हुन्छन् ।

यसैबीच पलले आकाशले छाडेको चलचित्रमा काम गर्दा केही फ्यान तथा चलचित्रकर्मी नै अचम्मित थिए । यसैबीच पलले आकाशलाई धन्यवाद व्यक्त गरेका छन् । उनलाई सञ्चारकर्मीले आकाशलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा धेरै शब्द खर्चिन चाहेनन् । ‘आकाशलाई धन्यवाद दिन चाहन्छु’, पलले यतिमात्र भन्ने ।

यस्तै चलचित्रका निर्देशक चाम्सले पनि नायकमा पललाई लिएर निकै राम्रो काम गरेको बताए । उनले भगवानलाई धन्यवाद दिन चाहेको बताउँछन् । ‘जे हुन्छ राम्रोका लागि हुन्छ, पल चलचित्रमा हुनैपर्ने कलाकार हुन्, अन्तिममा भए पनि चलचित्रमा जोडिए, भगवानलाई धन्यवाद दिन्छु’, चाम्सले भने । यस्तै आकाशले आफूलाई पारिवारिक कारणले चलचित्र छाड्नुपरेको समस्या देखाएको चाम्स बताउँछन् । चलचित्रमा पल र वर्षाको रोमान्स देख्न सकिन्छ । चलचित्रको कथा प्रदीप भारध्वाजले लेखेका हुन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी