आजको राशिफल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

१४ श्रावण २०७५, सोमवार 

आजको राशिफल

मेष : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला ।

मिथुन : बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कर्कट : मन खिन्न हुने स्थिति आउनेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य सुखमा रमाउने समय छ । दिन राम्रोछ ।

कन्या : कार्य सम्पादनमा समस्या आउनेछ । राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ ।

तुला : कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

वृश्चिक : विश्वास गरेकाले साथ दिनेछन् ।  अनावश्यक झमेलामा परिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

धनु : राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ ।

मकर  : धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

मीन : गरेका काममा ढिलासुस्ती हुनुको साथै आँटेकोको नपुग्न सक्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । दिन मध्यम छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी