आजको राशिफल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

१५ श्रावण २०७५, मंगलवार 

आजको राशिफल

मेष  : साथीभाइको सहयोगले नयाँ काम सुरु गर्ने समय छ । सोचविचार गरेर थालेको काममा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा सफलता मिल्नेछ ।

वृष :  नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन : अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कर्कट : लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

सिंह :  महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या :  सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पूरा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

तुला :  धर्मकर्ममा मन जानेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृश्चिक : रमाइलो यात्राको योग छ । साझेदारी काममा समस्या आउन सक्छ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु  : आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

मकर  : तिर्थाटनको योग छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

कुम्भ  : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन : यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्नेछ । दिन त्यक्ति राम्रो छैन ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी