आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन, अध्यक्षमा अमृत तामाङ चयन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुवेत । आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको फर्वानिया स्थित आइडियल अडीटोरियम हलमा बिभिन्न जातीय झाँकीका साथ सम्पन्न अधिवेशनमा अध्यक्षमा अमृत तामाङ निर्बिरोध चयन भएका हुन्।

धन बहादुर काम्वाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली दुतावासका द्धितिय सचिव ज्ञान वहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने अधिवेशन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष खोप गुरुङ, सुनुवार सेवा समाजका महासचिव टिकाराम सुनुवार, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, मगर संघका उपाध्यक्ष मनु मगर, कुवेत नेपाल अनलाईनका सम्पादक जय आले मगर, संघीय समाजवादी कुवेतका प्रवक्ता राज कुमार राई, खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष प्रेम कटुवालले शुभकामना मन्तव्य राखेका थिए।

नैना कला राई र दिल कुमार पाख्रिनले संचालन गरेको कार्यक्रममा मन्जित चाम्लिङ राईले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा किरात राई यायोक्खा कुवेतले साकेला, किरात याक्थुम चुम्लुङले केलाङ र च्याव्रुङ, मगर संघले कौडा लगायत ८ वटा जातीय संघ संस्थाको झाँकी तथा साँस्कृती झल्किने प्रस्तुती देखाएका थिए।

यस्तो बन्या नयाँ कार्यसमिति 

अध्यक्ष : अमृत तामाङ
उपाध्यक्ष : वल वहादुर काम्वाङ, राजु गुरुङ, मधुमाया मगर, टिकाराम सुनुवार
महासचिव : मन्जित राई
सचिव : दिल कुमार पाख्रिन,
कोषाध्यक्ष : मोहन राई
सह कोषाध्यक्ष : राजन श्रेष्ठ
प्रवक्ता : राज कुमार राई

सदस्यहरु : यम गुरुङ, कृष्ण वहादुर तामाङ, सुरेश गुरुङ, प्रकाश राई, माया राई, पासाङ शेर्पा, उमा तमुस्यो, डोल्मा तामाङ, शोभा गुरुङ, जय प्रकाश सुनुवार, रोशन राई, मेनुका सुनुवार, उमेश राई, युवराज राई, डेन्डी शेर्पा, सुक गुरुङ, सीता गुरुङ, निर्मला राई, सीता गुरुङ, सुरज मास्के, राजु गोले, आङ फुर्ली शेर्पा, रमिता योन्जन, र यम गुरुङ रहेका छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी