आमा ! सबै पिडा भन्न सक्दिन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

आमा ! म मेसिन जस्तै भएको छु

साँच्चै त्यही मेसिन जस्तै,

जस्लाई आफ्नो खुशिले शान्त बस्छु भन्ने हक छैन।

अरुकै इच्छा चाहनामा चल्न विवश,

चल्दा चल्दै खिइसके, आमा !

निमेशभर थकाइ मार्ने मौका छैन ।।

आमा ! परदेशमा सखारै उठ्यो, म्याराथोनमा कहिल्यै नदौडेको म,

जाबो एउटा गुड्ने उपकरण छुट्ने पो हो कि भन्दै,

पिरले हुरीको रफ्तारमा दौडिन थालेको छु ।

थाहा छैन आमा ! म तिम्रा बुढेसकालको सहारा हुन्छु हुन्न

तरपनि त्यसैको आशामा आफुलाई आज पाल्न बाध्य छु ।

हो आमा ! तिम्रो काखमा हुँदा निद्राले विट मार्ने ठाउँ पाउन्थेन ।

ओछ्यानमै आमाले चिया ल्याएर उठ भन्दा,

अर्को कोल्टो फर्केर सुति दिन्थे ।

तर, अचेल थाहा छ आमा ?

ओछ्यानमा ‘नानी’ आवाज सुन्न म कति आतुर हुन्छु ।

थाहा छ आमा ? नानी भन्ने मधुर बोलिको ठाउँमा आलराम बज्छ,

अनि मेरो आँखाबाट अनायास्यै आँशु झर्छ ।।

साच्चै आमा ! बयान गरि साध्य छैन मनका पिडा

नभनौं आमालाई नभनेर कस्लाई भनौं ?

आमा ! हिजो म भान्छाको मीठो सुवाससँगै उठ्ने,अचेल आधारातमै उठ्ने भएको छु ।

मुखमा पानी नहाली काममा कुद्ने भएको छु ।

बिछ्यौना भन्दा प्यारो साथी सायदै कोहि थिएन मेरो

तर अचेल धेरै कामकाजी भएको छु ।

खाली पेट, आधा निद्रा थाहै नपाइ बिहान बित्छ।

म हार्छु हजार पटक घडिको सुइले सधै जित्छ।

आमा ! तिम्रो मायालु हातले पकाएको खाना धेरै याद आउँछ।

जब फ्रिजमा राखेको चिसो खाना माइक्रोवेभमा पसेर गाउँछ।

ती सबै मेरा कल्पनाका कथा बनिरहेछन् ।

के गरि बयान गरौ आमा ! यहाँका मेरा भोगाइ,

कसरी बताऊ तिमिलाई म कसरी बाँचेको छु भनेर ।

पैसा पैसा भन्दा एक्लो भएको छु आमा !

बिमार पर्दा तिम्रो काख सम्झिदै,जोतिएरै हर प्रहर टर्छ।

अलि अलि जिउ दुख्दा दम्स्याएर सुत्ने म, अचेल खुब तह लागेको छु आमा ।

काम गरेर घर आउँदा बिहान जस्तै म्याराथोन भन्दा कडा, दौडिदै आएको छु ।।

आमा ! यति मात्र हैन धेरै छन् ,चाहेर नि भन्न नसकेका कुरा।

धेरै छन् आमा मनमा अनगिन्ती पोको परेर रहेका कुरा।

तिमीलाई पनि सबै सुनाउन मन छैन आमा !

आखिर म रुँदा म जस्तै रुने तिमीमात्र त छेउ नी !

तिमीले फोनमा के छ ‘नानी’ भन्दा म भक्कानिएर गाँठो परेपनि,

तरपनि तिम्रो आवाजले आधा घाउ निको हुन्छ आमा !

मन उथलपुथल भएर निशब्द हुन्छ, अनि तिमीलाई देख्ने दिन गन्छ।

मसँगै लडाइ गर्छ, किन झुट बोलिस् आफ्नी आमासँग भन्छ ।

तर आमा! तिमीलाई पनि भन्न सक्दिन मेरा हातभरी उठ्ने ठेलाका कथा ।

कसरी सुनाउनु जिम्मेवारी, नबोकेका काँधले थकित हुनेगरी बोकेका ब्यथा ।

शरीर पुरै शिथिल हुन्छ, हरेक अंग दुख्छ्न र पनि तिमीसँग हाँस्दै कुशल छ भन्छु।

आशा छ आमा, आफू आँखा भरि आँसु राखेर तिम्रो मुस्कान र खुशिको कारण पक्कै बन्छु।

मलाई थाहा छ आमा, मेरा पिडाले तिमीलाई पोल्छ ।

मलाई बिझ्ने काँडाले तिमीलाई मलाई भन्दा धेरै घोच्छ ।

तिमी आधा उधि भैसकेउ सुनेको छु,

मेरा पीडा सुनेउ भने तिमी झन् छिया छिया हुन्छेउ आमा।

त्यसैले आमा धेरै गहिरिएर नसोच्नु तिमीले ।

बिगत सम्झिएर आफुलाई नघोच्नु तिमीले ।

ऋणको भारी, साहुको साउब्याज, सबै बोकेर आउछु म ।

लिलाम भएका मेरा सपना, तिम्रा चाहना सबै साथै ल्याउछु म ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी