उपाधिका लागि ललितपुर र भैरहवा भिड्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिल) को तेस्रो संस्करणको उपाधिका लागि ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्श भिड्ने भएका छन् । दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किंग्स एल्यावेनलाई ६ विकेटले पराजित गर्दै भैरहवाले शनिबार हुने फाइनलमा ललितपुरको भेट पक्का गरेको हो ।

ललितपुरले भने यसअघि भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । गत संस्करणको उपविजेता भैरहवा काठमाडौंले दिएको १ सय १ रनको लक्ष्य भैरहवाले ३ ओभर बाँकी छँदै ४ विकेट गुमाएर भेटाउँदै फाइनलमा प्रवेश गरेको हो । उसका ओपनर रायन टेन ड्यासच्याटले ४५ रनको पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका थिए । ३८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे ।

कप्तान शरद भेषावकरले रायनसँगै अर्का रविइन्दरको सुन्दर पारीले फाइनल प्रवेश सहज भएको बताए । रविइन्दरले १९ बलमा ३१ रन जोडेका थिए । ‘हामीले राम्रो सुरुवात पायौं । रायन र रविइन्दरले सुन्दर पारी खेले,’ शरदले भने, ‘हामीले अघिल्ला खेलहरूभन्दा गल्तीहरू पनि कम गर्दै गएका छांै । अब फाइनलमा पनि गएर राम्रो खेल्ने हो । इन्ज्वाय गरेर खेल्ने हो । आशा गरौं, नतिजा हाम्रो पक्षमा आउनेछ । हाम्रो टोलीको राम्रो पाटो भनेको सबै मिलेर योगदान गर्छन् । हाम्रो बलिङ राम्रो छ । फिलिङमा सुधार्नुपर्नेछ । हामी फाइनलका लागि रेडी छौं ।’

रोहित पौडेलले भैरहवाको जितमा विजयी चौका प्रहार गरेका थिए । उनी ९ र कप्तान शरद भेषावकर ६ रनमा नटआट रहे । काठमाडौंका सम्शाद शेखले २ तथा प्रदीप साहुले एक विकेट लिए । त्यसअघि टस जितेर टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय रनमात्रै बनाउन सकेको थियो ।

कुशल मल्लले चार ओभरमा २० रनमात्रै खर्चेर ३ विकेट लिएपछि काठमाडौं सो स्कोरमा समेटेको हो । ट्यालेन्ट हन्टबाट आएका कुशल सोही प्रदर्शनका कारण म्यान अफ द म्याच चुनिए । काठमाडौंका लागि सन्दीप रिजालीले सर्वाधिक २७ रनको पारी खेले । २६ बल सामना गरेका उनले १ चौका र एक छक्का प्रहार गरे । यस्तै प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

भैरहवाका लागि कुशलसँगै मोहम्मद नाभिदले २ तथा शरद भेषावकर र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । इपिएलको विजेताले २५ लाख तथा उपविजेता टोलीले १० लाख नगद पाउनेछ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी