ओमानमा नेपाली भलिबल प्रतियोगिता सम्पन्न, दर्शन स्पोर्ट्स बिजेता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

ओमान । ओमानको मस्कटमा छैठौं अन्तर नेपाली पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

जनवरी ११ शुक्रबारका दिन माघे संक्रान्तिको उपलक्ष्यमा नेपाल मगर संघ ओमानले मस्कटको थ्री सिसिको खेल मैदानमा छैठौं पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो।

उक्त भलिवल प्रतियोगिताको संघका अध्यक्ष सुर्य बहादुर थापा मगर र सल्लाहकार सेवन्त पुर्जा पुन मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उक्त प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो ।  जसमा दर्शन ठकुरी स्पोर्ट्स क्लब, स्टार्ट युवा क्लब, आयोजक टिम ए र बि, तमु समाज ओमान, लालीगुराँस लुलु, थ्रि सिसि, म्याग्दी सेवा समाज, नवलपरासी युवा क्लब, बर्का मसरुम युबा क्लब, प्रशन्न युवा क्लब, नेष्टो भलिबल टिम रहेका थिए।

निकै नै कडा प्रतिष्पर्धा भएको उक्त प्रतियोगितामा दर्शन ठकुरी स्पोर्ट्स क्लब बिजेता बनेको छ भने म्याग्दी सेवा समाज उपविजेता बनेको छ।

प्रतियोगितामा म्याग्दीका नगेन्द्र पुन उत्कृष्ठ खेलाडी चुनिएका छन् भने आयोजक टिम एका भोम बहादुर राना मगर अनुशासित खेलाडी बनेका छन्।

प्रतियोगितामा प्रथम र द्वितीय पुरुस्कार ट्रफी, मेडल, प्रमाणपत्र, खसी र नगद रहेको थियो भने उत्कृष्ट अनुशासित खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

आयोजक नेपाल मगर संघ ओमानका महासचिव सुशील पुन मगर, कोषाध्यक्ष दिल राना मगर, फुटबल क्याप्टेन पदम आले मगर, केन्द्रिय सदस्यहरु पप्पु थापा, नारायण काउचा, उमेश पुलामी र सल्लाहकार पुर्ण आले मगरले प्रतियोगितामा जर्जको भूमीका निर्वाह गरेका थिए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी