कपुरी क बाट फड्को मारेका सुनिल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । दुई वर्षअघि सार्वजनिक भएको ‘कपुरी क’ बोलको गीत अहिले पनि नेपाली गीतसंगीतको बजारमा गुञ्जिरहेने गीत हो । यो गीत वर्ष दिनसम्म लोकप्रिय बन्यो । यसै गीतले अधिकांश अवार्ड हात पा¥यो । यस गीतका गायक सुनिल कटुवाललाई यो गीतले धेरै दर्शक तथा श्रोतामाझ चिनायो ।

‘कपुरी क’ गीत गाउनुभन्दा अघि दर्जन बढी गीत गाइसकेका सुनिल ओझेलमै थिए । सुरुवातमा दिनमा निकै संघर्ष गर्दै गीत गाएका सुनिलले धेरैलाई सहयोगका लागि हारगुहार गर्नुपरेको बताउँछन् । दर्जनबढी गीत गाउँदा दर्शक तथा श्रोतमाझ राम्रोसँग चिनिन नसक्दा नैराश्यता बढ्दै गएकाबेला ‘कपुरी क’ले ठूलो फड्को मारेको बताउँछन् । ‘धेरै गीत गाइसकेको थिएँ, तर कतिपय गीतको भिडियो बनाउन नसकिने, गीत बजार पु¥याउन नसकिने हुँदा खासै राम्रो गर्न सकिएको थिएन । जब कपुरी क गीत सार्वजनिक भयो एकाएक फड्को मारियो’, सुनिलले हिमालय टाइम्ससँग भने ।

दुई वर्षयता अध्ययनको शिलशिलामा अष्ट्रेलिया बस्दै आएका सुनिल अहिले चाडपर्व मनाउन नेपाल आएका छन् । उनी कपुरी क गीतको रेकर्ड र भिडियो सुट गरेर अष्ट्रेलिया गएका थिए । उनी अष्ट्रेलिया पुगेसँगै गीत रिलिज भएको थियो । उनी अष्ट्रेलियामा हुँदै गर्दा नेपालमा उनको गीत हिट भयो र उनलाई अष्ट्रेलियामै हुँदा अन्य केही देशका विभिन्न सांस्कृतिक कार्यक्रमबाट अफर आउन थाल्यो । ‘गीतको उचाइ बढ्दै जाँदा धेरे शुभचिन्तकले बधाई दिनुभयो, नेपालका स्टेज कार्यक्रममा त आउन पाइन तर केही विदेशका कार्यक्रममा भने सहभागी हुने मौका मिल्यो ।’ कपुरी क गीत सार्वजनिक भएपछि हङकङ, मलेसियालगायत देशमा पुगिसकेका छन् । यसै गीतमार्फत विदेशमै प्रदान गरिएको हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा उत्कृष्ट गायक र नेपालमा ओएस नेपाल म्युजिक अवार्डमा नवगायकको अवार्डसमेत उनले हात पारिसकेका छन् । यसै गीतकी गायिका एञ्जिला रेग्मीले यसै गीतबाट केही अवार्ड हात पारेकी छन् ।

सुनिलले गीत हिट हुन गीतको लय, शब्दसँगै भिडियो उत्तिकै राम्रो हुनुपर्ने बताउँछन् । पछिल्लो समय इन्टरनेटबाट गीत सुन्ने र हेर्ने जमाना आएको भन्दै भिडियोमा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । उनी अब ‘कपुरी क २’ निकाल्ने तयारीमा छन् । गीतले सफलता हाँसिल गरेको भएर फेरि ‘कपुरी क’ कै राम्रो टिमले ‘कपुरी क २’ निकाल्ने तयारीमा छौं । आउँदो तिहार पर्व मनाएर अष्ट्रेलिया फर्कने तयारीमा रहेका सुनिलले तिहारपछि नै ‘कपुरी क २’ सार्वजनिक गर्ने तयारीमा छन् । गीतको भिडियो यसपटक अष्ट्रेलियामै निर्माण गर्ने सोंचमा छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी