करिब २ महिनाअघि साउदीमा ज्यान गुमाएका मोहम्मद मियाँको शव नेपाल पठाईयो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तेज थापा

साउदी अरेविया । साउदी अरबको खमिस स्थित मुसेदमा बाटो काट्ने क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाएका प्यार मोहम्मद मियाँको शव नेपाल पठाइएको छ। एनआरएनए आर सि सि अल कासिम तथा हातेमालो प्रवासी नेपाली समूह खमिसको पहलमा मृतक मियाको शव नेपाल पठाई्एको हो।

महावाणिज्यदूतावाससँग नियमित पहल र समन्वय गरि घटना भएको करिब डेढ महिनापछि गत २४ जनवरी मा मृतकको शव नेपाल पठाइएको एनआरएनए आर सि सि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँले बताए।

हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको गत १ डिसेम्बरका दिनसडक दुर्घटनामा परेर ज्यान गएको थियो।

२४ बर्षको अल्प आयु मै जान गुमाएका मियाँ २ वर्ष पहिले घरमा गर्भवती श्रीमती र बाबा आमा छोडेर आएका थिए। तर विडम्बना घर फर्कन नपाउदै उनी सदाका लागि साउदी मै अस्ताउन पुगे। मृतक मियाँको २५ जनवरी २०१९ शुक्रबारका दिन ईस्लाम धर्मअनुसार उनकै क्षेत्रमा समाधि गरिएको छ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी