कार्यअबधि पूरागरि अबधि थपेका कामदार सरकारि तथ्यांकअनुसार अबैधानिक ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

वैदेशिक रोजगारीको सिलसिलामा आउने नेपालि कामदारको निक्कै ठुलो हिस्सा रहेको मलेसियामा बैधानिक र अबैधानिक गरि करिबकरिब ५ लाख नेपाली कामदारहरु अहिले उत्पादन ,निर्माण ,सेवा,र कृषि लगाएतका अन्य विभिन्न क्षेत्रहरूमा कार्यरत छन।

मलेसिया आउने नेपाली कामदार नेपाल बाट ३ बर्सको लागि नेपाल सरकार सङ श्रम स्वीकृत लिएर आएका हुन्छन् श्रम स्वीकृति लिएको समयावधि भित्र रोजगारीको सिलसिलामा कामदार लाई कुनै समस्या परेमा,चोटपटक लागेमा,अंगभङ् भएमा, अशक्त अपाङ्ग भएमा , निको नहुने रोग लागेमा या काम गर्ने क्रममा कामदारको मृत्यु भएमा वैदेशिक रोजगार प्रबर्द्धन बोडले घटना को प्रक्रिती अनुसार पीडित र पीडित परिवारलाइ आर्थिक सहायता गर्दै आइरहेको छ ।

कामदारले काम गर्ने क्रममा सारारिक रुपमा अशक्त हुनेगरी अङ्गभङ्ग भएका कामदारहरुलाइ वैदेशिक रोजगार प्रबर्द्धनबोडले एक लाख देखि सात लाख सम्मको क्षतिपूर्ति दिदै आइरहेको छ। निको नहुने रोगहरु जस्तै हृदयघात,क्यान्सर ,प्यारालाइसेस,मृगौला फेल लगाएतका १५ प्रकार का अन्य घातक खाल्का रोग लागेका कामदार को उपचार र तिनका परिवार बालबालिकाको शिक्षा र कामदार प्रती आस्रित परिवार लाई सीप अभिबृद्वि तालीम समेत दिइ आर्थिक सहाएता समेत गर्दै आएको छ । ज्यान गुमाएका कामदारको हकमा अन्तिम दाहसंस्कार को लागि मृतक कामदारको सव परिवार सम्म पुर्याउने लगाएत मृतक परिवारलाई क्षतिपूर्ति स्वरुप सात लाख आर्थिक सहयोग गरि निजका आस्रित परिवारलाई सीप,अभिबृद्वी तथा दक्षता बिकासका विभिन्न तालिम हरु समेत दिदै आइरहेको छ।

रोजगारी को लागि मलेसियामा आएका कामदार अधिकाम्स कार्यअबधी सकेर कार्याबधी थपगरि बसेका छन । नेपाल को प्राकृतिक अनुकुलता सङ मिल्दोजुल्दो हावापानी लगाएतका थुप्रै कुराहरुले कार्यअबधि थपेर बसेका नेपाली कामदार नेपाल सरकारको तथ्यांकमा स्वत अबैधानिक भएसरह भएका छ्न । कार्यअबधि थपगरि बसेका कामदार काम गर्ने क्रममा अशक्त भएमा कुनैपनी रोग लागेमा मृत्यु भएमा माथी उल्लेख भएका वैदेशिक रोजगार प्रबर्द्धन बोडले दिदै आएका सुबिधा समेत पाउदैनन् ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि मलेसिया सुरक्षित र मर्यादित नभएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही सुधारात्मक प्रयासका तयारीहरुको थालनी र केही कार्यनयन गरेता पनि अझै सम्म यो विषयले प्रभावकारी रुपमा प्राथमिकता पाउन नसक्दा थुप्रै नेपाली कामदार सरकार बाट पाउने सेवा सुबिधा बाट बन्चित मात्रै भएका छैनन् नेपाल सरकारको तथ्यांकमा समेत अटाउन सकेको छैनन्।

वैदेशिक रोजगारिको सिलसिलामा विभिन्न देश मा श्रम गर्दै गरेका कार्य अबधि थप गरि बसेका नेपाली कामदारलाई संबंधित देशमा रहेका नेपाली दूतावासबाटै पुनःश्रम स्वीकृति दिने ब्यबस्था गराउन सके कामदार लाई भै-परिआएको अबस्थामा सरकार बाट उपलब्ध सुबिधा पाउने थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी