काेरियामा मेसिनले च्यापिएर एक नेपाली युवाकाे ज्यान गयाे

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सिउल

तर दक्षिण कोरियामा  एक नेपाली युवाको मंगलबार निधन भएको छ । झल्लाबुक्दो प्रान्तको यान्जी स्थित  प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा च्यापिएर निधन भएको हाे ।

स्थानिय समय अनुसार विहान आठ बजेतिर मेसिन शुरू गर्दा दुर्घटना भएकाे थियो । मेसिनको आवाज नसुनेपछि संगै काम गर्ने साथी गएर हेर्दा उनी मेसिनमा च्यापिएकाे अवस्थामा भेटिएका थिए   ।

एक्लै काम गर्दै आएका राजेशको कोठामा सिसि क्यामेरा पनि नभएको संगै काम गर्ने साथीले बताए । उनी कार्यरत कम्पनीमा नेपालबाटसंगै आएका २ नेपाली कामदार रहेका छन् ।

साेही कम्पनीमा केही समय अघि एक नेपालीकाे दुर्घनामा परी दाहिने हातकाे कुहिनाभन्दा मुनीको भाग काटिएको छ । त्यही समय देखि साे मेसिन राजेशले चलाउँदै आएका थिए । नेपालबाट आएदेखि नै सोही कम्पनीमा कार्यरत उनले पटक पटक कम्पनी परिवर्तन गर्न चाहे पनि साहुले अनुमति दिएका थिएनन् ।

दुई वर्ष अघि इपिएस मार्फत काम गर्न आएका राजेशको पत्नी, २ छोरा र एक छोरी रहेका छन् । ‘अघिल्लो दिन साँझ भाइटिका लगाउन साहुलाई शनिबार छुट्टी माग्ने भन्दै कुरा गरेको थियाे । विहानै यस्तो खबर सुन्न पर्यो ।’ भक्कानीदै कोरियामै रहेकी मृतककी दिदी इच्चुङ लिम्बुले बताइन् । ‘हामीलाइ ठूलाे अापत अाइलागेकाे रहेछ । भाइले कम्पनी फेर्छु भनेकाे पनि धेरै भएकाे थियाे । साहुले लेटर नदिएर अाज यस्ताे अबस्था अायाे ।’

नेपालीहरुको बैदेशिक रोजगारको आकर्षक गन्तब्य बनेको दक्षिण काेरिया इपिएस प्रवाधान अनुसार कामदारले स्वइच्छाले कम्पनी परिवर्तन गर्न नपाउने प्रावधानका कारण धेरै कामदारहरु पीडित हुने गरेका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी