किन असफल हुँदैछ दुई तिहाइ ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

फूलविनाको मन्दिर र गुणविनाको गणतन्त्र, भन्नलाई मीठो लाग्ला तर इम्पररले लगाएको नया“ लुगाभन्दा फरक हुनसकेन । जसरी नया“ लुगा लगाएका इम्पररलाई देखेर बालबालिकाले राजा त नाङ्गै छन् भनेर सत्य बोलेका थिए, त्यसैगरी ज्ञानेन्द्र शाह घरबाट निस्क्यो कि राजा आऊ देश बचाऊ भन्ने नारा लाग्छ, माहुरीको रानोलाई माहुरीले घेरेजसरी घेर्छन् । यही साता पोखरामा अहिले जे देखिएको छ, लोकतान्त्रिक गणतन्त्रका रथी महारथीहरू नया“ लुगा लगाएर नाङ्गै भएका इम्पररभन्दा भिन्न देखिँदैनन् ।

हो, लोकतान्त्रिक नामधारी नेतास“ग सत्ता छ, शक्ति छ, राष्ट्रको ढुकुटी छ । छैन त केबल जनताको पूर्णविश्वास । संविधान कार्यान्वयन गर्नेहरूले संविधानलाई जनताले अपनत्व ग्रहण गराउने ग्रहणशीलता छैनस। सहनशीलता छैन । सरकार छ, सरकारको पहु“च जनतासम्म र जनताको पहु“च सरकारसम्म छैन । सरकार पुलिस शासन चलाइरहेको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतका सबै संवैधानिक अंगमा सरकारको कालो छाया“ परेको छ । मुखले देशका कुरा गर्छन्, जनताको चिन्ता पनि गर्छन्, आफूभित्रको अनैतिकताको फोहोर सफा गर्न सक्दैनन् । सरकार मानौँ अपराधीले पौडी खेल्ने बागमती हो । बागमती कति दुर्गन्धमय छ, हामी सबैले देखेकै छौँ, दिनदिनै भोगिरहेकै छौँ ।

परिवर्तन चाहियो भनेर घरघरबाट निस्केको २०६३ सालको त्यो जनसलह कता हरायो ? परिवर्तन ल्याएर परिवर्तनलाई केही नेताको खोरिया बन्न दिएर संकट भोगिरहेको त्यो जनसलह आज किन चुपचाप छ ? परिवर्तन तुहिएको र लोकतन्त्र कुहिएको हेरेर बस्न किन बाध्य छ त्यो जनसलह, नागरिक समाज ? टिबीको बिमरी र नेपालको कानुनी व्यवस्था उस्तैउस्तै भइसक्यो, ठूलो संकट राष्ट्रिय एकतामा भ्वाङ् पर्न थालिसक्यो, जनता जाग्दैनन्, जनता मर्न तयार छ, मरिरहेको छ, जनता जगाउन, जनता तताउन पनि विदेशीले चिमोट्नुपर्ने, विदेशीले नै सलाई कोरिदिनुपर्ने हो ?

नया“ ऋतु आउ“छ, नया“ पात पलाउ“छन् र वृक्ष फुल्छ, फल्छ र ढकमक्क देखिन्छ, छहारी दिन सक्षम हुन्छ । घडीको सुई अग्रगामी सूचक हुन्, यही हो प्रकृति र परिवर्तन । २०६३ सालको वसन्त परिवर्तनमा अग्रगमनको लाली पोतिएको थियो, तर त्यो लाली मानसिक सन्तुलन गुमाएकी बहुलाईले मुखभरि कालो पोतेजस्तो विरूप हुनपुग्यो । त्यसैको प्रतिरूप हो– आमजनताको मुहारमा पीडामात्र देखिनु । बहार आयो, कहर सकियो भन्ने जनविश्वास नेताहरूको हैकम हुनपुगेको छ । लोकतन्त्र लोकमा नेताका नोकर बन्न पुग्यो, समृद्ध नेपाल, सुखी नेपाली बनाउन ठूलै चमत्कार गर्छु भन्ने नेताहरू रत्नपार्कको चटकेको जति पनि अक्किल राख्न नसक्ने भए । यसैलाई भनिन्छ, तावाबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोको नियति । नेपाली जनताको यही नियति छ यतिबेला ।

चाणक्यले राजनीतिलाई उत्तम समाजसेवा भनेका थिए । ज्ञानीहरूले मार्ग दर्शन गरेका छन्– व्यापारीको धर्म हो कमाउनु, राजनीतिको धर्म हो जनसेवा । हाम्रो परिवर्तन त ठ्याक्कै उल्टो हुनगयो । व्यापारी धन विदेश ओसार्ने, नेता राजनीतिलाई व्यापार बनाएर कमाउने । राजनेताले व्यापार गर्न थालेपछि देश बर्बाद नभए के हुन्छ ?

संविधान निर्माण र आमनिर्वाचनरूपी समुद्र मन्थन भयो, यो मन्थनबाट निस्केको अमृत नेताले लुँड्याए, विषजति देश र जनताको भागमा परेको छ । सुनजस्तो जनअपेक्षा पित्तलमात्र देखिनु दुर्भाग्यजनक हो । नैराश्य यसरी बढेको छ कि न राजनीति देश भएर उभिन सक्यो, न जनताले हस्तक्षेप नै गर्नसके । यस्तै दलदलमा भासिएको कहालीलाग्दो कालखण्ड जनताले कहिलेसम्म बेहोरिरहने ?

सिंगापुरका ली क्वान यु मर्दा देशमात्र होइन, विश्वले श्रद्धाञ्जलीका आ“सु बगाए । नेता भनेका देशका रक्तनली विश्वका लागि उदाहरण बन्नुपर्ने रहेछ । त्यो नेता मरेर पनि बा“च्दोरहेछ । गिरिजाप्रसाद कोइरालाको देहान्त हु“दा कि कांग्रेसीजन, कि सरकारको उपस्थिति भयो, जनता रोएनन् । आजका वरिष्ठ नेताहरू कांग्रेसका शेरबहादुर देउवा, नेकपाका केपी, ओली, प्रचण्ड, तिनको मृत्युमा कति जनता मलामी जालान्, कतिले शोकको आ“शु बगाउलान् ? मान्छे अमर छैनन्, मान्छे जन्मन्छन्, मर्छन्, यति अग्ला नेता मर्दा विश्व नरोओस्, कम्तीमा देश त रोओस् । जनताले यिनको सम्झने गुण के छ र, सम्झनु, आँशु बगाउनु ? तैपनि यिनमा एकदिन मर्नुपर्छ भन्ने चेत किन फिर्दैन ?

वरदान बन्नुपर्नेहरू सराप बनेका रहेछन् भन्ने यथार्थ यही हो । समय छ, अवसर छ, यिनले देश र जनताका लागि मरेर पनि बा“चिरहने काम गर्नुपर्छ । स्वच्छ दिमागमा नौमुरी निषेध र विभेद पालेर के राजनीति गर्नु ? अहिलेजस्तो बा“चेर पनि जनताका नजरमा मरेतुल्य भएर बा“च्नु, के बा“च्नु ?

हिजो नेपाल कहा“ थियो, आज कहा“ छ ? विश्वले नेपालको कुरा सुन्न छाडिसक्यो । नेपालको विदेशनीति धुलो उडेको राजमार्गजस्तो छ, प्रदूषित, अलि परसम्म केही देख्दै देखिँदैन । नेपालको छवि आन्तरिक र बाहृय कारणले विश्वसामु अविश्वसनीय बन्दै गएको छ । सत्ता स्वार्थमा लिप्त हु“दा संविधान जनताका लागि पवित्र ग्रन्थ बन्न सकेन । लोकतन्त्र जता हेरे पनि पार्टीमुखी, नेतामुखी देखिन्छ, जनमुखी देखिँदैन । यस्तो लोकतन्त्र गणतन्त्र होइन, यो त अर्को श्री ३ जंगबहादुरको उदय हो ।

देश निर्माणका लागि जनताले दिएको दुई तिहाइ नितान्त प्राविधिक बनिसकेको छ । दुई तिहाइले देशका सबै समस्याको निदान पहिल्याएर अघि बढ्नुपर्ने थियो, दुई तिहाइ पनि असफल भइसक्यो । दुई तिहाइ सरकरमा देखिन्छ, संसद्मा देखिन्छ, निर्वाचन आयोगमा पनि देखिन्छ, जनताको मुहारमा, शासन र प्रशासनको सेवामुखी भावमा कतै देखिँदैन । दुई तिहाइ त भ्रष्टाचारमा, तस्करी, माफियातन्त्र, अपराधीकरणमा देखिन्छ । यो गणतन्त्र कसरी हुनसक्छ ?

दुई तिहाइको शक्ति छ, यो सरकारले त पूर्ण गतिमा काम गर्नुपर्ने । यो सरकारलाई काम गर्न कुनै पनि राजनीतिक अल्झो छैन । तर, यो सरकारले सीमा किन मिच्यो, सीमामा नेपाली किन लुटिँदैछन्, सीमामा नेपाली किन मारिँदैछन् भनेरसम्म कुरा गर्न सक्दैन । न त सीमा सुरक्षामा नेपाली सेना नै खटाउन सक्छ । यो सरकारवादी पार्टीकै नेता घनश्याम भुसाल लेख्छन्– शिक्षा र स्वास्थ्यमा लगानी गर्ने कम्युनिस्ट हुन सक्दैनन्, त्यो भइरहेको छ । थुक, रगत, खकार, वीर्य टेस्ट गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने गुटका नेतालाई म नेता मान्दिन । अर्थात् नेकपाभित्र मात्र नेकपाकरण छ, नेताको गुटबाजी छ । त्यहा“ न जनता छन्, न देशभक्ति नै छ ।

प्रधानमन्त्री हुने भए दुईजना प्रधानमन्त्री बनाउ“थे भनेपछि वामदेव गौतम नेकपाका अर्का वरिष्ठ नेता, उनका अनुसार दुई तिहाइ छ, दुईजना प्रधानमन्त्री बनाए भयो त ? सत्तावादी नेकपाका दुई पाइलट, ओली र प्रचण्डको ध्यानमात्र निजी स्वार्थमा सत्ताको दुरुपयोग गर्नेमा छ, देशलाई कसरी सुशासन दिने भन्नेमा पटक्कै छैन । ओली सरकारका क्रियाकलाप हेर्दा कामचलाउ सरकारजस्तो समेत छैन ।

ठूलो समस्या धार्मिक सद्भावको छ, हिन्दूराष्ट्र हुने कि नहुने भन्नेमा छ । हिन्दुराष्ट्र चाहनेहरूलाई च्यालेन्ज गराएर ओली सरकारले क्रिश्चियन सम्मेलन नै गराइदिए । ४ दिन पलेटी कसेर सम्मेलन सफल पार्न प्रधानमन्त्रीले पूरै सक्रियता देखाए, राज्यकोषबाट १४ करोडसमेत खर्च गरिदिए । सर्वधर्म समभावको अर्थ हिन्दूविरुद्ध इसाईलाई खडा गरिदिएका छन् ।

सरकारले प्रतिपक्षीलाई समेत साथमा लिएर समृद्धि र सुशासनका लागि संविधानलाई मजबुत पारेर अघि बढ्ने साइत गुजारेर सामाजिक न्याय, विधि र पद्धति बसाल्ने बेलामा द्वन्द्व बढाउने जुन कर्म गरेका छन्, त्यसमा आमनागरिकको पटक्कै साथ र सहयोग छैन । यति ठूलो अनुचित काम गरेर पनि प्रधानमन्त्री ओली श्री ३ को जस्तो फर्मान जारी गर्दै हिँड्छन् र राष्ट्रपतिलाई नया“ महारानी बनाउन गरीब जनताले तिरेको करको लखनौं लुट गराउन अग्रसर भइरहेका छन् भने दुई तिहाइ असफल भयो भन्न सकिन्छ ।

लोकतान्त्रिक भनिने नेता जनताका सामु जानै नसक्ने, किनारा लागेका राजा ज्ञानेन्द्र पोखरा ओर्लनासाथ जनताले घेरेर जयजयकार गर्ने । राजतन्त्र र हिन्दू राष्ट्र आउला नआउला अर्को पाटो हो तर अब पनि लोकतन्त्रप्रति विश्वास बा“की छ र भन्ने प्रश्न भने उब्जिन पुगेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी