किन उम्रन्छ आँखामा समुन्द्र ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

जति पटक देख्छु

उसलाई म

उति पटक

उसको आँखाको डिलमा

पानी उम्रिएकै हुन्छ

चिसो ओस पलाएकै हुन्छ

र सिम बनेर

पानी पलाएकै हुन्छ

भुलभुल मूल फुटेर

किन यस्तो हुन्छ ?

म मौन प्रश्नहरूमा डुब्छु

के ऊभित्र नारी हुनुको अविशाप दुखेको हो ?

कि ऊ पटकपटक बलात्कृत भएर हो ?

म जान्न चाहन्छु

उसको नजरको बाटो अँध्यारो छ

मन उज्यालो भए पनि

फरक परिवेश

फरक परिस्थितिले

नांगेझार पारेको आभास

हुनसक्छ कि उसमा !

कि पतिले छाडेको प्रतीक

सिन्दुरको नाम र सम्झनामा

डिभोर्स पेपरको

याद आएको छ ?

नाबालक छोरो

अपहरणमा परेर

मारिएको चित्र छ कि

उसका आँखामा

नत्र किन ?

हिमाल र पहाडको काप फोरेर

छङ्छङाएर बगेको

नागबेली खोलाझैँ

बग्छ निरन्तर

उसको आँखाबाट तुफानी समुन्द्र ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी