किन गरियो त अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेज ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सिड्नी । गलत सूचनाका साथ मार्के्टिंग गरेको लगायत कैयौं बुँदामा प्रचलित नियम मिचेको भन्दै अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेज  गरिएको छ ।शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज भएको हो । यो कलेजमा करिब १२ सय नेपाली विद्याथी अध्यनरत छन्।

कलेजले भने  यसका विरुद्ध अपील गर्ने जनाएको छ । यसरी दर्ता खारेज गरेपछि २८ दिनभित्र अपिल गर्नपाउने कानूनी प्रावधान रहन्छ । ब्राइटन प्यासिफिक प्रालिका नाममा दर्ता भएको र एआईबीटीका नामले सञ्चालन भएको  कलेजलाई आगामी  २६ मार्च २०१९ देखि लागू हुनेगरी दर्ता खारेज गरिएको हो ।

कलेजले डिप्लोमा अफ नर्सिंगको पढाई गर्दै आएको थियो जसमा अष्ट्रेलियन नर्सिंग एण्ड मिडवाईफेरी एक्रिडेसन काउन्सिल एनम्याकको सम्बन्धन थिएन । यस्तो सम्बन्धन नभएको कलेजको पढाईलाई अष्ट्रेलियन स्वास्थ्य संस्थाहरुले मान्यता दिँदैनन् ।

एआईबीटी कलेजका एजेन्टहरुले नेपालबाट सैयौं विद्यार्थीहरुलाई उनीहरुले सुनौलो भविष्य देखाएर अष्ट्रेलिया पठाएका थिए । कलेजले एजेन्टहरुलाई कमिशन मात्र होइन थाईल्याण्ड घुमाउने अफरहरु समेत दिएको थियो। जसको प्रलोभनमा एजेन्टहरुले नेपाली विद्याथीलाई अष्ट्रेलिया पठाएका थिए ।

हजारौं डलर बुझाएर सुुन्दर भविष्य निर्माणका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी यतिबेला अन्यौलमा छन् ।

यद्यपि अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटीले पीडित विद्यार्थीहरुले ट्युसन प्रोटेक्सन सर्भिसको फोन नम्बर ०२ ६२७१३४४० मा सम्पर्क गरेर आफ्नो विषय राख्न सक्नेछन् भने तल दिइएको लिंकमा कमनवेल्थ ओभरसिज स्टुडेन्ट अम्बुसमेन्टमा समेत गुनासो गर्न सकिने बताइएको छ ।

http://www.ombudsman.gov.au/

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी