किन बढ्दैछ अपराध ?

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको डेढ महिना हुन लाग्यो । कञ्चनपुरमै अर्को बलात्कार भयो, बालयौन दुराचारको घटना पनि बाहिर आयो । कञ्चनपुरका वृद्धा आमाहरूसमेत सा“झ परेपछि बाहिर निस्कन डरलाग्छ भन्न थालेका छन् ।

त्यसपछि पोखरा र काठमाडौंमा पनि बलात्कार र हत्याका घटना भएका छन् । प्रहरीकै रिपोर्टअनुसार तीन महिनामा बलात्कारका सवासय घटना भएका छन् । यो स्थितिमा आएर आइजिपी सर्वेन्द्र खनालको अभिव्यक्ति सार्वजनिक भएको छ, ‘नेपालको प्रहरी एसियामै उत्कृष्ट छ’ भन्ने ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएपछि आमजनता सडकमा उत्रिए । तिनीहरूमाथि नै गोली ठोक्यो प्रहरीले । तेह्र वर्षका बालक सन्नी खुना मारिए । प्रहरी दमन यसरी बढ्यो कि सयौं घाइते हुन पुगे । यही हो उत्कृष्ट प्रहरी भनेको ?

निर्मला पन्तको बलात्कारपछि हत्याको चुरो कुरो के हो ? देश सुसूचित हुन चाहन्छ । हत्या र बलात्कारको घटनाजस्तो जघन्य अपराधमा प्रहरी र प्रशासनको गम्भीर र अनुसन्धानमा इमानदारिता देखिएन । अनुसन्धान टोली फेर्ने, प्रशासक र सुरक्षाकर्मीको सरुवा गर्ने, समय कटाउनेबाहेक थप के भएको छ र ? नतिजा के निस्किएको छ ?

यसअघि ३३ किलो सुन काण्डको अनुसन्धान हु“दा गृहमन्त्रीले भने ‘३८ टन सुन भित्रिएछ ।’ प्रधानमन्त्रीले अनुसन्धान नै रोकिदिए । तीनजनाको हत्या भइसक्दा पनि सुनकाण्ड सुल्झिएको छैन । पक्राउ परेका विमल पोद्दारले तस्करीको सुन किन्ने छिरिङ गुरुङ, सहसचिव भरतराज सुवेदी, व्यापारी विष्णु न्यौपाने, मुकुन्द तिमिल्सिना, प्रहरी अधिकारी हरि पाल, पूर्वप्रहरी अधिकारी हेमन्त पाल, व्यापारी वीरेन्द्रबाबु श्रेष्ठसम्म संलग्न भएको बयान दिएपछि एकाएक गृहका सहसचिव ईश्वर पौडेलको अनुसन्धानमा ब्रेक लगाइयो । योभन्दा अपराधीकरण के हुनसक्छ ?

पूर्वएआइजी हुन विज्ञानराज शर्मा । शर्माले टिभीको पर्दामा उपस्थित भएरै आरोप लगाए, ‘निर्मला पन्त सामान्य नागरिककी छोरी भएकाले घटनाको जानकारी पाएपछि पनि प्रहरी तत्काल अनुसन्धानमा संलग्न भएन । ठूलाबडाकी छोरी भएकी भए प्रहरी रातदिन एक÷एक गरेर खोज्थ्यो, अपराधी पत्ता लगाउ“थ्यो, सिडियोसाप पनि सक्रिय हुन्थे, काम देखाउन पनि पाइँने, चाकडी पनि हुने । व्यावसायिक प्रहरीले गर्नै नहुने काम ग¥यो, नेपाल प्रहरीमा व्यावसायिकताको विकास भएकै छैन ।’

आइजी सर्वेन्द्र खनालजी, यही हो एसियाको उत्कृष्ट प्रहरी भनेको ?

प्रहरीले सत्य सेवा सुरक्षा बोक्ने कि सुन ? इन्काउण्टरमा उत्कृष्ट ? नक्कली बलात्कारी खडा गरेर खास बलात्कारी र हत्यारा बचाउन खोज्ने प्रयत्नमा उत्कृष्ट ? अपहरण, चन्दा, गुण्डागर्दी र उठ्तीपुठ्तीमा उत्कृष्ट ? प्रहरीले नमकको सोझो चिताएर जनमैत्री हुने कि जनताका लागि हाउगुजी बन्ने ? प्रहरी सेवामा सुधार गर्छु भन्ने सर्वेन्द्र खनालले प्रहरीको चरित्रमा सुधार ल्याउन सकेका छैनन् । जबसम्म प्रहरीको सोचमा, बर्दीको गौरवमा खरो उत्रने बानी पर्दैन, तबसम्म प्रहरी जति पायो उति लिने र यसैगरी चलिरहने कालातŒवहरूको मर्सिनरीका रूपमा रहिरहनेछ ।

प्रहरी भनेपछि आज पनि यमराजका रूपमा चर्चा गर्छन् सोझासाझा, यो आततायी स्वरूपमा प्रहरीले परिवर्तन ल्याउने आशा गरेको थियो समाजले । कम्तीमा पनि डिआइजी हुञ्जेल लोकप्रिय सर्वेन्द्र खनाल आइजिपी बनेपछि नेपाल प्रहरी व्यावसायिक बन्छ, समाजका अपराध निर्मूल पार्न कम्मर कसेर लाग्छन् भन्ने विश्वास गरिएकै हो । तर, भयो के ? खोदा पहाड, निकला चुहा । सर्वेन्द्र खनालले नेपाल प्रहरी एसियाकै उत्कृष्ट हो भन्ने जुन दाबी गरेका छन्, त्यसमा पत्याउने आधार छैन ।

सुन काण्ड सुल्झेन, ठेकेदारलाई समयमा काम गराउने, नगर्नेमाथि कडा कारबाही गर्ने सरकारको प्रतिबद्धताले हावा खायो । अकर्मण्य कर्मचारीतन्त्र, गैरजिम्मेवार सुरक्षा संयन्त्र, प्रभावहीन संसद्, गफाडी व्यस्त सरकार, अलोकप्रिय प्रतिपक्ष, विवादित मानवाधिकार र नागरिक समाज, पद्धतिको परिवर्तन भयो, जनजीवनको खुसीयालीमा आशा गर्ने ठाउ“ देखिँदैन ।

ताजा खबर के छ भने सांसदले निजी काममा विदेश जा“दा पनि रातो पासपोर्ट माग गरेछन् । उनीहरूलाई स्थायीरूपमा रातो पासपोर्ट दिनुपर्छ रे । जर्ज अरवेलले भनेका थिए, ‘एनिमल आर इक्वेल, सम एनिमल आर मोर इक्वेल ।’ सांसद शायद विशिष्ट प्रकारका नागरिक हुन् । यो सब देखेर एक विद्वानले भर्खर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन, ‘नेपालमा डेमोक्रेसी छैन, क्लिप्टोक्रेसी चलिरहेको छ ।’ के हो क्लिप्टोक्रेसी भनेर डिक्सनरी पल्टाएको त– जतिसक्यो उति जनता निचोरेर चलाउने पद्धतिको नाम रहेछ यो ।

नेपालमा लोकतन्त्र आयो भनेको त जुकातन्त्र पो आएको रहेछ । यतिबेला देशव्यापीरूपमा करका रूपमा जनताको दोहन भइरहेको छ, जनताले पाउनैपर्ने शान्तिसुरक्षा, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि पाउन सकेका छैनन् । घूस नदिई जनताले सामान्य सिफारिस पनि पाउन छाडेका छन् । सत्र साले कांग्रेस र पचहत्तर साले नेपाल कम्युनिस्ट पार्टी दा“ज्ने हो भने अन्तर देखिन छाड्यो ।

यो सरकारले जारी गरेको देवानी, फौजदारी संहितामा व्यापक त्रुटि भेटिएका छन्, नेकपालाई अधिनायकवाद बन्ने पूर्णाधार यी संहितामा छन् । जसले प्रेसदेखि व्यवसायीसम्मलाई, घरदेखि शहरसम्मलाई दण्डको व्यवस्थाबाहेक केही गरेको छैन । विधिको शासन भनेको नैतिकतामा बसौं भन्ने विधान हो, लोकलाई पाता कस्ने डोरी होइन । यो सरकारले त पाता कस्ने डोरी नै बनाएछ । विधि भनेको चार वेदको सारमा आधारित हुनपर्ने हो । चार वेद भन्छ, ‘ठूलाको आदर गर, अतिथिको सत्कार गर, सबैमाथि दया भाव राख, दैवीशक्तिको सम्मान गर, मानवीय कर्म गर ।’ तर, यो सरकारले ल्याएको संहिताले त समस्यै समस्या पो सिर्जना गराइदियो ।

नेकपाका पाइलट हुन् प्रचण्ड पनि । प्रचण्डले गतहप्ता चितवन पुगेर भनेकै हुन्, ‘कर्मचारी बिचौलियास“ग सेटिङ गरेर भ्रष्टाचार गर्छन् । प्रत्येक सचिव भ्रष्टाचारी हुन् । सरकारी कर्मचारीको काम भनेकै घूसखोरी हो । ठूला ठेकेदार, एजेण्टलाई सेटिङ मिलाउने नै यिनै हुन् ।’

पार्टीका अर्का पाइलट तथा सरकारका समेत पाइलट केपी ओली, ‘भ्रष्टाचारीलाई टिप्दै फाल्ने हो, शान्ति, समृद्धि र सुशासन ल्याउने हो’ भनेर दम्भ प्रदर्शन गरिरहेका छन् । एउटा पाइलट सुशासन ल्याऊ“ भन्छन्, अर्का पाइलट भ्रष्टाचारी बढे भन्छन् । यस्तो जहाजरूपी सरकार दुर्घटनामा नपरे को पर्छ ?

नेकपा विप्लव संविधान मान्दिनँ भनेर विद्रोहमा छ, सिके राउत २३ हजार ६८ वर्ग किलोमिटरको मधेश नेपालको भूभाग नै होइन भन्न थालेको छ । यता राजसंस्था र हिन्दू राष्ट्र संसद्भित्रकै राष्ट्रिय मुद्दाका रूपमा यथावत छ । यति नै बेला सार्कको अध्यक्षका हैसियतमा नेपालले सार्क शिखर सम्मेलन गराउन पहल गरिरहेको छैन । भारतको दबाबमा बिमस्टेक सम्मेलन गरायो, जुन सम्मेलनमा प्रतिआतंकवादमा सदस्य राष्ट्रको सामूहिक सैनिक अभ्यास गराउने मुद्दा भारतका प्रधानमन्त्रीले घुसाइदिए ।

नेपालले बंगालको खाडीसम्म पुग्ने निकास पाउने कहिले ? जुन भारतले काँकडभिट्टाबाट २६ किलोमिटरको फूलबारी मार्गको अनुमति पाएन र बंगलादेशस“ग जोडिन सकेको छैन, त्यो भारतले बंगालको खाडीसम्मको सहज निकास देला र ? फेरि नेपाल किन प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा सहभागी भयो ? त्यही भारतले सैनिक अभ्यास गराएर चीनलाई देखाइदिने र पाकिस्तानलाई तर्साउने योजना बनाइसकेको छ । परराष्ट्र मन्त्री भन्छन्, ‘सैनिक अभ्यासको स पनि उच्चारण भएन’ । सैनिक प्रवक्ता भन्छन्, ‘संयुक्त सैनिक अभ्यासले सम्बन्ध विस्तार र क्षमता अभिवृद्धि हुन्छ ।’

नेपालीमा ल्हासा जाने कुतीको बाटो भन्ने उखान छ । हामी हाम्रै आन्तरिक समस्याबाट जेलिएका छौँ । त्यसमाथि सत्तारुढ ठूलो पार्टी नेकपाभित्रका दुई पाइलटको विचार बाझिन थालेको छ, भागबण्डे सहमतिमा विमति देखिन थालेका छन् । एकताले एक बनायो होला भनेको त पूर्वएमाले र माओवादी केन्द्र अहिले पनि सतहमा मिलेजस्तो र भित्रभित्र बाझाबाझ गरिरहेका छन् । त्यसैले त बाबुराम भट्टराईले समेत भनेका छन्, ‘नेकपा पा“च वर्ष पनि चल्दैन, फुट्छ ।’

पार्टीहरू जुटून्, फुटून्, त्यसले खास अन्तर राख्दैन । देश फुट्नु भएन, देशको एकता टुट्नु भएन । अनेकतामा एकताको विशेषता कायम रहनुप¥यो । सलाई र पेट्रोल बोकेकाहरू धर्म, जाति, भाषा, भेष, भेग बोकेर कुनै पनि बेला डढेलो सल्काउन तयार भएर बसेका छन् । डढेलो सल्क्यो भने आगोले कुनै पार्टी, नेता अथवा सामान्य नागरिक कसैलाई पनि छाड्दैन । किनभने आगोको धर्म भनेको खरानी बनाउनु हो । यसकारण राष्ट्रका प्रत्येक आगोरूपी समस्यालाई गम्भीर रूपमा लिएर संवादका माध्यमबाट सुल्झाउने प्रयास आजको खा“चो हो । चल्दैन, चलाउन सकिँदैन भने संघीयता नचलोस्, संघीयताको मूल्यमा देश सती जान सक्दैन । हिंसा र अपराध बोक्ने काम नगरौं, नेपाल प्रहरी, नेता, सचेत वर्ग सबैमा हेक्का रहोस् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी