कुवेतमा शिल्पी संघ अधिबेशन सम्पन्न, अध्यक्षमा गोपाल गदाइली

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुवेत, जनवरी २- शिल्पी संघ नेपाल कुवेतको प्रथम अधिबेशन गत शुक्रबार सम्पन्न भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा सम्पन्न संघले गोपाल गदाइलीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

गोपाल गदाइली बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेपाली संघीय समाज कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ राई, आदिवासी जनजाति महासंघ कुवेत शाखाका प्रवक्ता राजकुमार राई र अतिथिहरुमा लालिगुरास साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पौडेल, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्मा, उपसंयोजक दिपक छ्न्त्याल, नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदाल, वरिष्ठ सल्लाहकार राजेन्द्र बिरही, अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने, कुवेत साँस्कृतिक मंचका अध्यक्ष गोबिन्द बराल, बिश्वकर्मा समाज कुवेतका अध्यक्ष हितकाजी बिश्वकर्मा लगायत कलाकार, पत्रकारहरु रहेका थिए ।

सभापति, प्रमुख अतिथि, अतिथिहरुद्धारा दिप प्रज्वलन गरी पन्चेबाजा सहित कार्यक्रम उद्घाटन गरिएको थियो ।

अधिबेशन समारोहमा प्रेम बिश्वकर्माले मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन रोल बहादुर बिश्वकर्मा र दिपेश नेपालीले गरेका थिए ।

अधिबेशन समारोहमा प्रकाश चाम्लिङ राई, राज कुमार राई, हितकाजी बिश्वकर्मा, माधव पौडेल, अमर खडका, जीवन सुनार, हरिकृष्ण न्यौपाने र प्रमुख अतिथि ज्ञानेन्द्र शर्माले शुभकामना मन्तव्य राखेका थिए भने शिल्पी संघ नेपाल कुवेतको बारेमा संघका वरिष्ठ सल्लाहकार मस्त बिश्वकर्माले प्रष्ट पारेका थिए ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति गोपाल गदाइलीले कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कुवेतमा कृयाशिल संघ सस्थाहरु संग सहकार्य गरि अगाडि बढ्ने बताएका छन ।

शिल्पी संघ नेपाल कुवेतका कार्यसमिति नामावली

वरिष्ठ सल्लाहकार- मस्त ब. तिरुवा

सल्लाहकार

रण ब. रसाइली
प्रेम बिश्वकर्मा
भिम गदल
रोल बहादुर सेन्चुरी

अध्यक्ष- गोपाल गदाईली
उपाध्यक्ष- सबिन लाम्गादे
उपाध्यक्ष- गंगा सुनार,
उपाध्यक्ष- चित्रबहादुर बिस्वकर्मा
उपाध्यक्ष- जय राम सेन्चुरी,
उपाध्यक्ष- ईश्वर कुमार परिवार
महिला उपाध्यक्ष- मुना गहतराज
महासचिव- दिपेस नेपाली
सचिव- ज्ञान बहादुर गजुमेर
सहसचिव- खड्क बिस्वाकर्मा
कोषाध्यक्ष- प्रकाश गदाईलीज
सहकाेषाध्यक्ष- करण गोतामे
कलाकार प्रमुख- सुरज सेन्चुरी
युवा संयोजक- प्रसान्त परियार
खेल प्रमुख- बिष्नु सुनार
महिला प्रमुख- सरिता बराईली
महिला सशक्तीकरण- बिनिसा लामगादे

सदस्यहरु- दिल ब. सेन्चुरी, अम्बिका सेन्चुरी, रमेश घताने, सिता सुनुवार, भोला गदाईली, गिता अछामी नेपाली, चन्द्र खाती, टिका गदाईली, कमल बिश्वकर्मा, राम नेपाली, लक्ष्मी सुनार, अनुप गदाईली, दिपा परियार, गोकुल खाति

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी