क्यान मेला सुरु

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेक २०१९ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचना प्रविधिलाई सबै वर्ग र समुदायको पहुँचमा पु¥याउनुपर्ने बताए । कनेक्टीभिटी अझै सुलभ हुन नसकेकाले सरकार व्याण्डविथ र सेटलाइट राख्ने तयारीमा रहेको उनले जानकारी दिए । सरकारले १६ हजार कम्प्युटर खरिद गरी देशको सबै विद्यालयमा कम्प्युटर पहुँच पु¥याउने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस क्षेत्रमा आबद्ध व्यवसायीले ग्राहकलाई सुन्तुष्टि दिन सक्नुपर्ने बताए । नेपाल चेम्बर्स अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापारघाटा कम गर्न सकिने बताए । उनले भने, ‘यस क्षेत्रमा आबद्ध व्यवसायी निराश छन् । सूचना पार्क उपयोगविहीन भएको छ । सूचना प्रविधिको क्षेत्रमा हजारौं जनशक्ति तयार भएका छन् । आफ्नै देशमा सूचना प्रविधिको विकास गरी विदेशिएका युवाहरूलाई रोजगार दिने वातावरण बनाउनुपर्छ ।’ आयोजक कम्प्युटर एसोसिएनस नेपाल (क्यान महासंघ) का अध्यक्ष हेमन्त चौरासियाले मेला प्रदर्शनीमा राखिएको सूचना प्रविधिबाट सक्दो फाइदा लिन आग्रह गरे । महासंघका महासचिव रञ्जित पोदारबाट मेलामा रोवट व्याटल, इनोभेशन सेन्टर र ड्रोनलगायत विविध आकर्षण बताए ।

हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रियुटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्सलगायत १ सय ७५ स्टल रहेको मेला माघ २० गतेसम्म सञ्चालन हुनेछ । साथै आयोजकले मेलाको प्रवेश टिकट खरिद गर्ने सहभागीमध्ये ४ जनालाई इण्डोनेसियाको बाली र थाइल्याण्डको बैंककमा हवाई टिकट र खानबस्नसहित सुविधा प्रदान गर्ने भएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी