खोलामा मृत महिला फेला

Corpse

खोटाङ  । तीन दिन अघि माईत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जानेक्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् ।

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहीवार फेला परेको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका वडाध्यक्ष झनकुमार राईले बताए । तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याएको छ ।

कुनै टिप्पणी