गंगा मिसेस हिमालयन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 ‘मिसेस हिमालयन नेपाल २०१९’को छैटौं संस्करणको उपाधि गंगा शर्माले जितेकी छन् । प्रतियोगितामा रेखा बलामीले फष्ट रनरअप र कविता लामाले सेकेण्ड रनरअपको उपाधि जिते ।

विजेताहरूलाई ट्रफी तथा विभिन्न उपहार प्रदान गरिएको थियो । विवाहित महिलाबीच एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको यो प्रतियोगितामा विमला पाइजाले वेष्ट ट्यालेन्ट, कविता थापा डंगोलले वेष्ट फोटोजेनिक, रेखा बलामीले वेष्ट स्माइल, गंगा खड्काले वेष्ट पर्सानालिटी, भुमिसरा पाण्डेले वेष्ट स्किन, मिजिला महर्जनले मष्ट चार्मिङ, कविता लामाले मष्ट एक्टिभ, हीरा लामाले वेष्ट कम्प्लेक्सन, चाँदनी गुरुङले मष्ट स्मार्ट, गंगा शर्माले वेष्ट डिसिप्लिन, पवित्र छन्त्यालले मष्ट अट्राक्टिभ, रूपा महर्जनले मष्ट पञ्चुअल, गंगा खड्का छेत्रीले वेष्ट ड्रेस र पवित्र छन्त्यालले मष्ट पपुलरको उपाधि जिते ।

प्रतियोगिताको निर्णायकमा मोडल कला सुब्बा, अभिनेता विनय श्रेष्ठ, अभिनेत्री मारिस्का पोखरेल, मिस इको इन्टरनेसनल विजेता मौनता लामा र मिस्टर हृयान्ड्सम रनरअप वैभभ उपाध्याय थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी