गीतकार सामना शाहको शब्दमा शुभकामना समवेदना लोक दोहोरी गीत सार्वजनिक।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सुजन बिश्वकर्मा भावुक

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर कलम चलाएकि चर्चित गीतकार सामना शाहको शब्दमा शुभकामना समवेदना नाम दिएर मार्मिक लोक दोहोरी गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सर्जकले सृजना गरेको शब्द अनुसार नै गीतको परिकल्पना गरिन्छ यस्तै वियोगान्त प्रेम कथामा आधारित उक्त गीतमा रामु खड्काको लय रहेको छ भने बहुचर्चित गायिका बिष्णु माझी र गायक बिर्ख बिश्वकर्माको सुमधुर स्वर रहेको छ ।

दर्जनौं म्युजिक भिडियोमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गर्दै लोकप्रिय बनेकी चर्चित मोडल सारिका के.सी सँगै देव न्यौपाने , एरिका के.सी , अनुपम भण्डारी र रमा थपलियाको संयुक्त अभिनय रहेको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन भने सुरेश श्रेष्ठले छायांकन साथै अमर शाक्यले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी