गोली प्रहारदेखि बैंक लुटपाटसम्मका चर्चित असफल अनुसन्धान

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कैलाली । पाँचबर्ष अघि आजकै दिन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको मालाखेतीमा नबिल बैकको नगद बोकेको गाडी नियन्त्रणमा लिएर लुटपाट भयो ।

२०७० साल मंसिर २६ गते हथियार सहितको लुटेराहरुले नबिल बैंक महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैकमा जम्मा गर्न ल्याउ“दै गरेको दुई करोड ३० लाख ६० हजार नेपाली रुपैया सहित दुई सय अमेरिकी डलर लुटेका थिए ।

मे १ च १४६ नम्बरको जिपलाई पूर्वपश्चिमराजमार्ग अन्तर्गत कैलालीको तत्कालिन मालाखेती गाविस–३ चौकीडा“डाबाट हथियार सहितको अपरिचित समूहले नियन्त्रणमा लिएर रकम लुटेको आज पाँच वर्ष पुगेको छ ।

तर, घटना भएको यति लामो समय भैसक्दा समेत प्रहरीले नत पैसा बरामद गर्न सकेको छ न त लुटेरा नै ।

फिल्मी शैलीमा राजमार्गमा ट्राफिक पोशाक लगाएका एक ब्यक्तिले सडकमा गाडी रोकेपछि पछाडीबाट आएका ५÷६ जना गाडीमा पसेर पेस्तोल तेर्साएर जंगलतर्फ लगेका थिए ।

कैलालीमा बोक्सी आरोपमा राधा चौधरीलाई कुटपिट घटनाले ब्यापक चर्चा पाएको बेला फागुन २८ गते घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि उनकै घरमा बेलुकाको समयमा गोली र खुकुरी प्रहार भयो ।

लगत्तै प्रहरीले घटनामा संलग्न रहको आशंकामा विप्लव माओवादीका केही कार्यकर्ता र केही सर्वसाधारणलाई नियन्त्रणमा लियो । तर, मेयर चौधरीले नकाव लगाएर आएका आक्रमणकारी कसैलाई नचिनेको दिएको बयान र प्रहरीले थप प्रमाण फेला पार्न नसक्दा पक्राउ परेकालाई प्रहरीले छोड्यो । घटना भएको आठ महिना बितिसक्दा समेत चौधरीमाथी आक्रमण गर्नेहरु पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीको अनुसन्धानले फेल खाएको यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो केहि वर्षयता कैलाली प्रहरीले थुप्रै जघन्य आपराधिक घटनामा हात धुनु परेको छ । ती घटना हालसम्म रहस्यमयी छन् । प्रहरीको अनुसन्धान अनुसन्धानमै सीमित छ ।

२०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७ देवहरीया छात्रावास टोलका ७२ वर्षिय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षिया श्रीमती कुन्तादेवी जोशीको निर्मम ढंगले हत्या भयो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बझाङ थलारा गाउँपालिका ३ की २० बर्षीया पूजा बटाला र उनको ससुरा कलक बटालाल सहित सात जनालाई नियन्त्रणमा लियो । तर, घटना घटेको एक वर्ष पूरा भएपनि घटनालाई रहस्यमयी बनाइएको छ । नत अपराधीको पहिचान भयो नत घटनाको फैसला । पक्राउ परेका सात जनामध्ये प्रहरीले पाँच जनालाई छोडिसकेको छ ।

मंसिर २५ गते, २०६९ सालमा धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका ओमप्रकाश पन्तको हत्या भयो । हत्या भएको ६ वर्ष पुरा भएपनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । धनगढी उपमहानगरपालिका–५, तारानगरमा  राती ९ वजे उनको घाटी रेटेर विभत्स हत्या गरीएको थियो । तर, हालसम्म पनि प्रहरीले हत्यारालाई पक्राउँ गर्न सकेको छैन ।

दोषी पक्राउ नपर्दा पन्तका आफन्तहरु ज्यान जोखिममा परेको भन्दै घरबास नै बेचेर अन्यत्र बसाई सरे ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी