घट्दै एचआईभी संक्रमण

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । सन् २०१० देखि २०१७ सम्मको विश्वव्यापी तथ्यांकमा एचआईभी र एड्सको संक्रमण १६ प्रतिशतले घटेको छ । सन् २००४ देखि सन् २०१७ सम्ममा आइपुग्दा एड्सबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशतले घटेको देखिन्छ । शिशुहरूमा ३५ प्रतिशत संक्रमण कम भएको तथ्यांक छ । सन् २०१७ सम्ममै कुल एचआईभी संक्रमितमध्ये ५९ प्रतिशतलेमात्रै एआरभी उपचार सेवा पाएका छन् ।

यस्तै नेपालमा २०१० देखि २०१७ सम्मको तथ्यांकमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको देखिन्छ । शिशुमा हुने संक्रमण घटेको छ । एड्सको कारणले मृत्यु हुनेको संख्या २३ प्रतिशतले घटेको छ । सन् २०१७ मा नेपालको कुल एचआईभी संक्रमित मध्ये ५३ प्रतिशतले मात्र एआरभी उपचार सेवा पाएको तथ्यांक छ । नेपालमा ७६ प्रतिशत व्यक्तिमा असुरक्षिता यौन सम्पर्ककै कारण एचआईभी सरेको पाइएको तथ्यांक छ ।

सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने विश्वको लक्ष्यले सकारात्मक बाटो पहिल्याइरहेको उक्त तथ्यांकले पुष्टि गर्छ । निकै छोटो अवधिमै अत्यन्त्यै तीव्र गतिमा फैलिएको माहामारी निर्मुल पार्न नसके पनि रोकथाप गर्न सफल हुनु सकारात्मक भएको निष्कर्ष छ ।

सन् २०१७ को अन्त्य सम्ममा विश्वभर ३ करोड ६९ लाख व्यक्तिमा एचआईभीको संक्रमण भएको पाइएको थियो । नेपालमा पनि ३१ हजार २० जनामासंक्रमण भएको पाइएको थियो । तीमध्ये १९ हजार २० जना पुरुष छन् भने १२ हजार महिला छन् । हालसम्म १६ हजार १ सय २८ ले औषधि सेवन गरिरहेका छन् ।

विगतको तुलनामा पछिल्लो समय एचआईभी एड्सका रोगीहरूंंंंको संख्या घटेको तथ्यांकले पुष्टि गरेको छ । ३७ वर्षअघि एचआईभी भाइरस पत्ता लागेपछि विश्वभर नै यसबारे विभिन्न चेतनामूलक अभियान विस्तार गरेकाले छोटो समयमै धेरै काम गर्न सफल भएको जनाइएको छ ।

तथ्थांकले संक्रमण घटेको देखाए पनि नेपाल एचआईभी संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन् । पछिल्लो समय सुइबाट लागूऔषध प्रयोग गर्नेहरू र यौनकर्मीहरू बढ्दै गएकाले नेपाल एचआईभीको उच्च जोखिममा रहेको हो ।

पुरुष समलिंगीहरूले पनि सुइबाट लागूऔषध प्रयोग गर्ने र यौनकर्मीहरू पनि बढेकाले एचआईभी संक्रमणको जोखिम धेरै रहेको राष्ट्रिय स्वास्थ्य केन्द्रका निर्देशक झलक शर्मा बताउँछन् । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत् जनचेतना जगाउनुपर्ने उनको भनाइ छ ।

विगत ३० वर्षदेखि हरेक वर्ष डिसेम्बर १ मा संसारभर विश्व एड्स दिवस मनाउने गरिन्छ । सन् १९८८ देखि मानउन थालिएको हो । यस वर्ष पनि ‘एचआईभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल नाराका साथ विश्व एड्स दिवस मनाइँदै छ ।

शुक्रबार राजधानीमा स्वास्थ्य सेवा विभागद्वरा आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यतथ्यांक सार्वजनिक भएको हो । उक्त कार्यक्रममा विभागका महानिर्देशक डा. गुणराज लोहनीले आगामी कार्यक्रममा बहुक्षेत्रीय संलग्नता र सहभागिता बढाउनेतिर सबैको ध्यान जानुपर्ने बताए ।

उनले अहिले विस्तार भएका कार्यक्रम सक्रियताका साथ अगाडि बढाउन सबैको ध्यान जानुपर्ने पनि उनले बताए । एचआईभी संक्रमणको अवस्था थाहा पाउनुपर्ने र संक्रमण देखिएमा समयमै गुणस्तरी उपचार सेवा लिनुपर्ने डा. लोहनीको सुझाव छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक हरिशचन्द्र उप्रेतीले एचआईभी संक्रमण अन्त्य गर्न जनचेतना आवश्यकता परेको बताए । नेपालमा सुइद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनधन्दामा लागेका व्यक्ति, तेस्रोलिंगी, पुरुष समलिंगी, वैदेशिक रोजगारीमा गएका व्यक्ति, र जेल परेका कैदीहरू एचआइभी संक्रमणको उच्च जोखिममा रहेको जनाइएको छ । सरकार एचआईभी संक्रमितलाई निःशुल्क औषधि, निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै चेतनामूलक अधियानमा सक्रियरूपमा लागेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी