चट्याङ बाट बासस्थान गुमाएका परिवारलाई तामाङ समाज मलेसिया द्वारा आर्थिक सहयोग।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तमाङ समाज मलेसियाले बासस्थानमा चट्याङ परि बिचल्निमा परेका महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नं: ११ का दिलबहादुर डिम्डोङ लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गत माघ २६ गते बिहान परेको चट्याङले बस्ने घर जलेर नस्ट भएको खबर समाज सेवि इसारा लामा ले थाहा पाएपछी सहयोगको लागि विभिन्न संग सस्था लाई अपिल गरेकी थिइन।

२००५ सालमा स्थापना भएको तामाङ समाज मलेसियाले बेला बेलामा स्वदेश तथा बिदेशीभुमिमा बिपत्तिमा परेका हरुलाइ सहयोग गर्दै आएको छ । मञ्जुश्री संवत् २८५५ औं ढ्वा ल्हो सोनाम ल्होछार संम्पन्न भए लगत्तै ल्होछारमा मलेसियामा गरिएका संगीतिक कार्यक्रमहरु बाट आर्जित भएको रकम रु÷ ६९,००० अक्षरी (उनान्सत्तरी हजार) केन्द्रिय सदस्य अजय तामाङ को परिवार लाई हस्तान्तरण गरेसङगै उक्त सहयोग बर्दिबास नगरपालिकाका उप मेयर सुशीला गौतम , नगरपालिका ११ को जनप्रतिनिधि धन बहादुर लामा स्थानीयहरुको सामुहिक उपस्थितिमा प्रतिनि हरुको हातबाट हस्तान्तरण गरिएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी