चाइनिज नयाँ बर्षमा मलेसियाका प्रमुख सहरहरुमा २१ औ फ्रेन्डसिप धमाका हुने ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

फ्रेन्डसीप धमकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आएको छ । फ्रेन्डसीप धमाका ग्रुपले मलेसियामा आगामी फेब्रुअरीमा पनि चाइनिज नयाँको अबसर पारेर २१ औ फ्रेन्डसीप धमाका गर्ने भएको छ ।

आगामी फेब्रुअरी ३ तारीख आइतबारका दिन इपु पेराक देवान हल , ५ फेब्रुअरी मंगलबार SJK चाइनिज स्कुल देवान हल बातुपहाड र फेब्रुअरी ६ बुधबार ओसियन मलका मलका देवान हल मलकामा कार्यक्रम गर्ने तय भएको छ ।

 

कार्यक्रमका लागी र हजारौं श्रमिक लाई मनोरञ्जन दिनको लागि अहिले कै चर्चित नायिका बेनिसा हमाल , चर्चित नायक बिराज भट्ट ,लोक गायिका सरु थापामगर ,हास्य कलाकार /जादुगर सेर बहादुर गुरुङ ,गायक कृष्ण काफ्ले गायक प्रकाश राई,हास्यकलाकार गिता नेपाल र गायिका बबिता राई आउने भएका छ्न ।

कार्यक्रम मा स्थानीय कलाकार ले समेत भरपुर मनोरञ्जन दिने उक्त कार्यक्रम फ्रेन्ड सीप धमाका का डाइरेक्टर कृष्ण पुलामी ( कृस) ले जानकारी दिए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी