छनु गुरुङ र प्रताप दाश को “के पो भनम्ला” संगीतिक बजारमा ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौँ । बिगत ५ बर्ष देखि निरन्तर सांगीतिक क्षेत्रमा शंघर्ष गर्दै आएकी बहु प्रतिभाकी धनि गायिका छनु गुरुङ’ले आफ्नो र गायक प्रताप दाश’को आवाजमा टिपिकल गीत(के पो भनम्ला) बजारमा ल्याएकी छन् | गायिका छनु’को पछिल्ला गीतहरु (झल्को) .(मसिनो राम्रो)ले पनि सांगीतिक बजारमा चर्चा कमाएको थियो |

त्यसै अनुरुप अहिले गायिका छनु’ले चर्चित संगीतकार दिपक शर्माको शब्द / संगीत र नरेन्द्र वियोगी’को संगीत संयोजनमा(के पो भनम्ला)गीत’को भिडियो बजारमा ल्याएकी हुन् |

गीतको भिडियोमा निर्देशन सुब्रत राज आचार्य, छायांकन नबराज उप्रेती, भिडियो कन्सेप्ट जय शर्मा,भिडियो सम्पादन कलारिस्ट नबिन निरौला’को रहेको छ भने गीतको भिडियोमा चर्चित नायिका:प्रियंका कार्की, निराजन प्रधान’को दमदार अभिनय देख्न पाइन्छ |

छोटो समयमा उक्त गीतको भिडियोले चर्चा कमाएको छ | गीतको भिडियोलाई ओ एसआर डिजिटल’को युट्युब च्यानलमा हेर्न सकिन्छ |
भिडियो हेरौं |

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी