जनउद्दार केन्द्र द्वारा सुंगाई पेतानीमा साखा बिस्तार ,समितिले श्रमिकका समस्याका उपर काम गर्ने ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र मलेसिया ले सुंगाई पेतानी मा क्षेत्रिय साखा कमिटी को गठन गरेको छ।

जनद्वार केन्द्रका केन्द्रिय सदस्य केशु थापा को अध्यक्षता मा भएको उक्त साखा बिस्तार कार्यक्रम संचालन केन्द्रिय सचिब शंकर देब आचार्य ले गरेका थिए । ३० जनाको उपस्थिति रहेको भेला ले आज जनवरी ६ आइतबार बसेको भेला बाट ओखलढुंगा का श्याम बहादुर तामाङ लाई अध्यक्ष, रबिना मगर र सुबास आचार्य लाई उपाध्यक्ष, उपेन्द्र गिरि सचिब, सुनिता सुब्बा सह सचिब र मन्जु तामाङ लाई कोषाध्यक्ष चयन गरेको छ। भने सल्लाहकार मा महेस भुसाल, सलुन बाह्रघरे, र सुरेस तामाङ सहित सदस्य हरु सरु लिम्बू, राम ब. गुरुङ र बिनोद तामाङ सहित बाह्र सदस्यीय कमिटी गठन गरिएको छ।

कार्यक्रम मा केन्द्रिय उपाध्यक्ष आकाश श्रेष्ठ र बिराज पुन ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने केन्द्रिय कोषाध्यक्ष देबेन्द्र गिरि ले संस्थाको ११ पेजको बिधान बाचन गरेर सुनाउनु भएको थियो।

कार्यक्रम मा बोल्दै संस्था का केन्द्रिय अध्यक्ष केशु थापाले सेवा को भावना ले समुहमा आफुसक्दो योगदान सबै समस्यामा परेका नेपाली लाइ गर्न सबैलाई अनुरोध गर्दै गर्नुभएको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी