जनउद्वार केन्द्र पेनाङ मलेसियाद्वारा आज १०० जना पीडित नेपालिको उद्वार।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र पेनाङ मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेर काम गर्दै आएका श्रमिक विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा परि कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनका लागि घरफिर्ती केन्द्रमा आफन्तहरुसङ सम्पर्क नहुदा अलपत्र परेका १०० जना नेपाली कामदारको पटकपटक गरेर उद्वार गरेको छ ।

मलेसियाको पेनाङ स्थित जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट जनद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा नेपाली राजदूतावास मलेसिया र केही फिर्तीकेन्द्रमा रहेका पीडित हरुकै आफन्त हरुको आर्थिक सहयोगमा अहिलेसम्म १०० जना पीडित कामदारहरु लाई स्वदेश फिर्ता गराइएको जनद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष केशु थापाले जान्कारी दिए ।

अध्यक्ष थापा का अनुसार आजै स्वदेश फिर्ता हुनेहरुमा बुद्धिमान लामा,बिसालराम तामाङ बिधुर र रोशन भण्डारी रहेका छ्न । उनिहरु २९/११/२०१८ आज साझ ७:१० बजे मालिन्दो एयरलाइन्स बाट स्वदेश फर्किसकेका छ्न । उनिहरु चारै जना अबैधानिक हैसियतमा काम गरेको कसुरमा सजाय पाएका थिए ।

जनद्वार केन्द्र पेनाङ्गका अध्यक्ष थापा भन्छन् १०० जना श्रमिक लाइ स्वदेश फर्काउन तेत्ती सहज पनि थिएन थुप्रै सहयोग सल्लाह सुझाव दिएर मद्दत पुर्याउनुभएका सुभेक्षुक हरुलाइ सम्झदै भोलीका दिनमा समेत साथ पाउने छु भन्दै जुरु घरफिर्ती केन्द्र मा अझै थुप्रै कैदि रहेको र उहाँहरुलाइ समेत उद्वारको पहल गरिरहेको थापाले बताए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी