जनद्वार केन्द्र र राजदुतावास मलेसियाको सहयोगमा समस्यामा परेका ९ श्रमिक स्वदेश फिर्ता ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया ले समस्यामा परेका ९ जना कामदार स्वदेश फिर्तागराएको छ ।

विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा परि कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनकालागि घरफिर्ती केन्द्रमा आफन्तहरुसङ सम्पर्क नहुदा अलपत्र परेका,सारारीक मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार भएको छ ।

मलेसियाको पेनाङ स्थित जुरु डिटेनसन क्याम्प र लाङ्कप (घरफिर्ती केन्द्र) बाट ९ जना श्रमिक फिर्ता भएका हुन। फिर्ता हुनेहरूमा मकवानपुरका कल बहादुर जिम्बा,सल्यान का चक्रबहादुर ओलि,खोटाङका नारायण घिमिरे,मोरङका सुबास खत्री ,इलामका पबन राज गुरुङ काभ्रेपलान्चोकका जनक लाल तामाङ ,झापाका राजु थापा,बैतडीका केशव र सुनसरी का मनरुप मगर रहेका छ्न।

उनिहरु आज साझ ७:१० मा मालिन्दो एयरलाइन्स बाट स्वदेश फर्किने भएका जनद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाले जानकारी गराए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी