जापान रोजगारीः कुक कामका लागि जाने श्रमिकहरु यस्ता जटिल समस्यामा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुका लागि जापान निकै महत्वपूर्ण गन्तव्य मुलुकका रुपमा रहेको छ । धेरै नेपाली श्रमिकहरु विद्यार्थी भिसामा र कामदार भिसामा जापान जाने गरेका छन् ।

कामदारको रुपमा जापान जानेक्रममा कुक कामका लागि पनि थुप्रै नेपाली श्रमिकहरु जाने गरेका छन् । नेपाली श्रमिकहरु जापान रोजगारीका लागि आफू के कामको लागि जाँदै छु, आफू रोजगारीमा जाने देशको परिवेश, रहनसहन कस्तो छ, कसरी काम गर्ने के काम गर्ने, आफू जाने देशमा कुनकामका लागि जान लागेको हो त्यो कामका लागि आफू कति दक्ष छु भन्ने कुरा नबुझि रोजगारीका लागि जाने श्रमिकहरु समस्यामा पर्ने गरेका छन्।

त्यस्तै जापानीजहरुको रहनसहन, खानेकुराहरु, भाषा, त्यहाँ खाइने खानाको परिकार पकाइने तरिकाबारे केही नबुझि कुक कामका लागि जापान जाने श्रमिकहरु समस्यामा पर्ने गरेका हुन् । जापानमा अंग्रेजी लगायत भाषामा पोख्त भएर पनि हुँदैन । त्यहाँ रोजगारीमा जानका लागि जापानीज भाषा नै सिक्नुपर्ने हुन्छ तर, नेपालबाट श्रमिकहरु राम्रोसँग भाषासमेत नसिकी जाँदा समस्यामा पर्ने गरेका छन् ।

कुक कामका लागि जापान जाने श्रमिकहरुका लािग निकै समस्या रहेको जापानमा विद्यार्थी भिसामा पुगेर केओपी कम्पनीमा काम गरिरहेका सुरेश घिमिरे भन्छन, ‘जापानका कुक कामका लागि आउने श्रमिकहरुका समस्या निकै जटिल रहेका छन् ।’ सुरेश घिमिरेका अनुसार कुक कामका लागि जापान जाने श्रमिकहरु पनि कुक सम्बन्धी कुनै पनि तालिम नलिएर जाने गरेपछि समस्यामा पर्ने गरेको पाइएको छ।

घिमिरे भन्छन्, ‘जापानमा कुक कामका लागि १० वर्ष कुक काम गरेको प्रमाणपत्र हुनुपर्ने उल्लेख छ । सबै नेपाली युवाहरुसँग १० वर्षसम्म कुक काम को अनुभव भएको प्रमाण पत्र त हुन्छ तर खोक्रो प्रमाण पत्र मात्रै भएर के गर्नु पकाउने सीप नै हुँदैन । ’

जापान रोजगारीको मीठो सपनामा मुग्ध भएर श्रमिकहरु अरुको कुरा सुनेको भरमा जापान जान तयार भेटिन्छन्, बिचौलीयाहरुको फन्दामा परेर सीप सिक्न होइन, लाखौँ पैसा तिरेर नक्कली प्रमाणपत्र बनाएर रोजगारीका लागि जाँदा आफैँ समस्यामा पर्ने गरेका छन् ।

जापानमा कुक कामका लागि रोजगारीमा पठाउँदा नेपालका ऐजेन्टहरुले सीप नभएपनि प्रमाणपत्र भएपछि जापानका जुनसुकै ठाउँमा भएपनि काम पाइहाल्छ नि भन्दै अनाबश्यक प्रलोभन देखाएर पठाउने गरेको जापानमा कुक कामका लागि गएका तर सीप नभएर समस्यामा परेका केही श्रमिकहरुले बताएका छन्।

उनीहरुलाई पनि एजेन्टको कुरामा विश्वास लागेर कुनैपनि समस्याका बारेमा नबुझि जापान पुग्नेबित्तिकै जुनसुकै काम पनि पाइहाल्छ नि भन्ने मनशाय लिएर जाने गरेको पीडितहरु बताउँछन् ।जापान सरकारको नियम अनुसार कुक कामका लागि जुन रेष्टुरेन्ट, लज वा होटलका लागि श्रम स्वीकृति लिएर गएको हो सो सम्बन्धीत होटल वा रेष्टुरेन्टमा आबद्ध भएर मात्रै काम गर्न पाउने नियम छ ।

जापानको हाक्केन केओपी कम्पनीमा कामको खोजीमा पुगेका एक कुकले आफ्नो नाम नबताउने शर्तमा उक्त केओपी कम्पनीमा आबद्ध सुरेश घिमिरेलाई आफू कुक कामका लागि बिना सीप प्रमाणपत्र मात्र लिएर जापना आउँदा जापानमा भोग्नुपरेका समस्या पोखेका थिए ।

ति नाम खुलाउन नचाहाने एक कुकका अनुसार उनी १३ लाख रकम तिरेर ऐजेन्टको आफ्नै मान्छेको रेष्टुरेन्टमा काम गर्न भनेर पुगेका थिए । उनी जापान  पुगेको ३ महिनामै आफूले काम गरेको रेस्टुरेन्ट बन्द भयो । कम्पनी बन्द भएपछि कामको खोजीमा केओपी कम्पनीमा पुगेका ति एक कुकले सुरेश घिमिरेलाई आफू खान र बस्न समेत टुंगो नभएर अलपत्र परेकाले जसरी पनि काम मिलाईदिन अनुरोध गरेका थिए ।

सुरेश भने केओपी कम्पनीमा कामदारहरु विभिन्न कम्पनीमा सप्लाई गर्ने काम गर्दै आएका छन् । सुरेशले डिसिनेपालसँग भने, ‘हाम्रो हाक्केन कम्पनी केओपीमा मात्रै महिनामा  १० देखि १५ जनासम्म अलपत्र परेका नेपाली दाजुभाईहरु काम मिलाइदिनुपर्यो भन्दै आउने गरेका छन् ।’ त्यसो त उनलाई गुनासो पोख्न थुप्रै नेपाली युवाहरु पुग्ने गरेका छन् ।

सुरेश भन्छन्, ‘उहाँहरुलाई आफूले सक्ने सहयोग गरेको छु, तर कतिलाई कम्पनीमा काम दिन मिल्दैन भन्दा रिसाएर जानुहुन्छ, रेस्टुरेन्टको काम छैन भन्दा रिसाएरु गाली गरेर जानुहुन्छ ।’ कुककामका लागि जापान पुगेका श्रमिकहरुको डिपेन्डेण्टमा पुगेका युवायुवतीहरु पनि भाषा नपढी जाँदा समस्यामा पर्ने गरेका छन् ।

उनीहरुलाई जापानमा खाँदा, बस्दा, हुने खर्चबारे जानकारी नहुनु, नेपालबाट जाँदा नेपाली, इन्डियन लगायत रेक्ष्टुरेन्टमा कुक भिसामा गएर पनि अन्य जुनसुकै जापानी कम्पनी वा विभिन्न ठाउँमा काम पाउन सकिने भ्रम हुनु आदी कारणले समस्यामा पर्ने गरेका छन् । सुरेश भन्छन्, ‘म पनि नेपाली त्यसमाथिपनि नेपालीहरु यसरी आफ्नै आँखा अगाडी अलपत्र परेको देख्दा निकै दुख लाग्छ ।  नेपाली युवाहरु कुक कामका लागि जापान आउने भएमा धेरै कुराहरु बुझेर मात्रै आउनु होला ।’

युवाहरुले जापान जानुअघि यी कुराहरुमा ध्यानदिन आवश्यक छ:

जापानमा बोलचालका लागि आबश्यक भाषामा पोख्त भएर मात्रै जानुपर्दछ, कुक कामका लागि जाने हुँदा खाना बनाउन सिक्नुपर्दछ। आफ्नै रेष्टुरेन्टमा कुक कामका लागि पठाइदिन्छु भन्ने एजेन्टका बारेमा राम्रोसँग जानकारी लिनुपर्दछ। जापान रोजगारीका लागि कति रकम लाग्छ भनने जानकारी हुनुपर्दछ । आफूले काम गर्ने समय, घण्टा, तलब, विदा, ओभरटाईम सुविधा बारे अगाडी नै जानकारी लिनुपर्दछ। भिसा तथा इजिबिलिटी को दडकुमेन्टेशनको काम गर्दा सम्बन्धीत ठाउँबाट राम्रोसँग जाँचबुझ गरेर पेश गर्नुपर्दछ।

जापान पुगिसकेपछि ध्यान दिनुपर्ने कुराहरुः

रोजगारीका लागि जापान पुगिसकेपछि नेपाली श्रमिकहरुले जापानको वातावरणसँग आफूलाई पनि अनुकुल बनाउनुपर्दछ। जापानको कुन ठाउँमा कस्तो रहनसहन छ त्यो बुझ्नु पर्दछ। जुन ठाउँमा काम गर्ने वा वस्ने हो सोही ठाउँका लागि डकुमेन्टहरु बनाउनुपर्ने हुन्छ।

सुरुमा जापान पुगेपछि रेसिडेन्ट भिसा लिनुपर्दछ त्यसमा आफ्नो पुरा विवरण सहि तरिकाले भर्नुपर्दछ।  काम सुरु गर्नु अगाडी सम्झौता अनुसारको काम, तलब वा अन्य सेवा सुविधाबारे बुझ्न आबश्यक छ। सम्झौता अनुसारको नियम सबै पालना गर्नुपर्दछ। डिपेन्डेन्टमा आउने जोकोही आफन्तहरुले स्नातक तहसम्मको अध्ययन गरेर जाँदा काम पाउन सजिलो हुन्छ।

डिपेन्डेन्ट भिसामा जानका लागि समेत राम्रोसँग जापानीज भाषा अध्ययन गरेको हुनुपर्दछ । अरुको लहिलहिमा लागेर आफू आबद्ध कम्पनी मा छाडेर अन्य कम्पनीमा कामका लागि जानु हुँदैन । यस्तो गरेमा जापानको नियम अनुसार कारबाहीमा परिने समस्या हुनसक्छ । भाषा र सीपमा दक्ष भएर रोजगारीका लागि जापान जाँदा भने धेरै समस्याहरु बाट बच्न सकिन्छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी