जिफन्ट सहयोग समूह कुवेतद्धारा अलपत्र परेका एक युवाको उद्धार

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुवेत, नोभेम्बर ६- जिफन्ट सहयोग समूह कुवेतले अलपत्र परेका एक नेपाली युवाको उद्धारको लागि आर्थिक सहयोग गरेको छ । जिफन्ट कुवेतले काठमाडौं गागलफेदी वाड नं-४ का बसन्त खड्कालाई उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको हो ।

एकबर्ष देखी कम्पनिले भिषा नलगाई अवैधानिक बनाएको र काम पनी नदिएपछी बसन्त अलपत्र परेका थिए ।

खान बस्न समेत सारै समस्या भएपछी बसन्त नेपाली दुतावासमा आश्रय लिएर बसेका थिए ।

जिफन्ट सहयोग समूह कुवेतले बसन्तको स्वदेश फर्कन आवश्यक सहयोग गर्दै १०१ कुवेती दिनार सहयोग रकम हस्तान्तरण गरेको जिफन्ट सहयोग समूह कुवेतका अध्यक्ष गणेश रावतले जानकारी दिए ।

अध्यक्ष गणेश रावत र सचिव गुलामनवी मन्सुरले नेपाली दुतावास कुवेतका कार्यवाहक राजदूत प्रकास पौडेल र श्रमसहचारी ज्ञानेन्द्र शर्मालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

जिफन्टको अभियानलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई जिफन्ट सहयोग समुह कुवेतले धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा पनि गरेको छ ।

सहयोगीहरु-

१. बिष्णु परियार- २० केडी
२. अमृत गुरुङ- ११ केडी
३. अमर खड्का- १० केडी

४. मनु मगर- १० केडी

५. सावित्री गैरे- ६ केडी

६. अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेत- ५ केडी

७. माधव पौडेल- ५ केडी

८. मनोज सेभ- ५ केडी

९. शोबित केसी- ५ केडी

१०- शिव कोइराला- ५ केडी

११. राम लामा- ५ केडी

१२. अमृता बान्तवा राइ- ५ केडी

१३. रमिता तामांग- ५ केडी

१४- गुलामनवी मन्सुर- ४ केडी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी