जि . एस . क्लब मलेसिया द्वारा विविध खेल तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

जि . एस . समाज सेवा युवा क्लब मलेसिया द्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा पाल्पाली लाफा क्लब जोहोर मलेसिया ले प्रथम स्थान हासिल गर्दै गोल्डेन ट्रफी, प्रमाणपत्र र नगद Rm.5000/- पाँच हजार हात पारेको छ । आयोजक जि . एस .समाज सेवा युवा क्लब मलेसिया लाई ३–२को अन्तरमा अन्तिम उपाधी चुमेको हो ।

उपबिजेता बन्दै आयोजकले ट्रफी, प्रमाणपत्र र नगद Rm.3000/-तिन हजार र तेस्रो पुरस्कार भने बागलुङ सामाजिक सेवा समाज मलेसिया ले ट्रफि ,नगद Rm. 2000/- दुई हजार हात पारेको छ । फेब्रुअरी ३ तारीख देखि सुरु भएको उक्त खेलमा कुल १२टिम सहभागी थिए ।

चाइनिज नयाँ बर्ष को अवसरमा जि . एस . समाज सेवा युवा क्लब बातु पहात मलेसिया को आयोजनामा गरिएको उक्त खेलको फाइनल अर्थात फेब्रुअरी ४ तारीख एक बिशेष कार्यक्रम बिच सम्पन्न गरिएको थियो ।

प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मा अथिती रन्जना केरुङ साथै क्लब का प्रमुख सल्लाहकार मदन सुब्बा ,सल्लाहकार हिरा बि क,सल्लाहकार सोमनाथ भण्डारी ,अध्यक्ष राम परियार ,उपाध्यक्ष जटिल बि सि,बिजय जैसवाल ,सुर्य कार्की ,मिथुन बिराजी,महासचिव सन्तोष राई ,सचिब प्रमोद मोक्तान ,सहसचिव गोपाल राइमाझी कोषअध्यक्ष धनु राना,सदस्य सानी तामाङ ,सुर्जा तामाङ ,बिमल पोख्रेल ,सन्तोष पौडेल ,इन्द्र परियार,सोनेलाल यादव ,संगीता घलान,चेतन राना ,संगीता सेढाई लगायत बिभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्दिजिवी, समाजसेवीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख आकर्षणको रूपमा तेक्वान्दो संघ नेपाल ,प्रशिक्षक हिरालाल बि क,सिक्त्तोरियो कराते एन्ड किक बक्सिङका महेन्द्र केरुङ,कराते मार्शल आर्त का बलबिर यादव ,बुदो काइ दो कराते का प्रमोद मोक्तान ,सिक्त्तोरियो कराते का जटिल बि सि ,ताइ कम्म फु का मोहन बि क,सिक्त्तोरियो कराते का राजेश ,मिथ्लेस लगायत खेलाडी बाट विभिन्न काता तथा खेल को बेजोड प्रस्तुतिले थप रौनकता थपिएको थियो ।

खेलकुद र गीत संगीतले आफ्नो संस्कृति, पहिचान को थप टेवा पुग्ने भन्दै बिभिन्न अतिथिहरूले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

जोहोर मलेसियाको बातु पहात मा जि . एस . क्लब द्वारा आयोजना गरिएको उक्त कार्यक्रम को अन्तिम दिन फेब्रुअरी ६ तारीख का दिन भाग्यशाली उपहार कार्यक्रम गरि सम्पन्न भएको थियो ।
भाग्यशाली उपहार मा प्रथम पुरस्कार ल्यापटप कम्प्युटर बिकास भोलन ,दोस्रो पुरस्कार LED तिलक मगर ,तेस्रो पुरस्कार appoo mobile राज मगर ले हात पारेका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी