जोर्डनमा फेरि एक नेपाली चेलीको रहस्यमय मृत्यु

Corpse
Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जोर्डन पुगेका दुई नेपाली चेलीको रहस्यमय मृत्यु भएको छ। काठमाडौँको कमलपोखरीमा रहेको एसईई म्यानपावरबाट जोर्डनको क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका ति २ महिलाहरुको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसे थापागाउँ घर भएकी रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। एक महिनाभित्रै दुई नेपालीको एउटै ९२५ नम्बर० भवनमा रहस्यमय तरिकाले ज्यान गुमाएपछि सबै नेपाली कामदारमा त्रासदी फैलिएको छ।

जोर्डनमा करिब २ हजार ५ सय नेपालीले बिभिन्न कम्पनीमा काम गर्दै आएका छन्। उनीहरु बस्ने भवनमा महिलाहरु मात्रै बस्ने भनिएपछि बत्ति, पानीका धारा मर्मत गर्ने भन्दै जोर्डनी पुरुषहरु आउने महिलामाथि जाईलाग्ने गरेको नेपाली महिलाले बताए।

१५ दिनअघि सिन्धुपाल्चोककै १९ वर्षकी एक नेपाली महिला कामदार आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन्। जुत्ताको तुनाको पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी