टिकटकमा गरुड पुराणको ४५ हजार भिडियो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । हाल नेपालमा एक मोबाइल एप्स खुबै प्रयोग हुन्छ, त्यो हो टिकटक । भिडियो क्लिप हाल्न सकिने र अर्काको भिडियोमा रहेको अडियोबाटै आफूले पनि भिडियो (कभर भिडियो) गर्नसकिने व्यवस्था रहेको मोबाइल एप्स नेपालमा पछिल्लो समय निकै प्रयोग गरिन्छ । विशेषगरी नेपालका सेलिब्रेटीले यो एप्स चलाउने गर्छन् । नाम चलेको कलाकारले दिनहुँ भिडियो पोष्ट गरेका हुन्छन् भने उनीहरूको टिकटकमा लाखौं फ्यान भएका हुन्छन् ।

यसैबीच पछिल्लो समय नेपाली चलचित्रको प्रमोशनमा यो एप्सले फाइदा पुगेको छ । विशेषगरी चलचित्रका गीतको छोटो क्लिप टिकटकमा राखेपछि त्यसैको अडियोबाट आफ्नो भिडियो बनाउने थुप्रै भेटिन्छन् । जसले गर्दा आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गरुड पुराण’लाई  फाइदा पुगेको देखिन्छ ।

चलचित्रमा समावेश ‘म त पिरिममा…’ बोलले गीत सार्वजनिक भइसकेपछि टिकटकमा पनि फैलिन थाल्यो र अहिले यो गीतले नयाँ रेकर्ड राखेको छ । जसले अहिलेसम्म ४५ हजारभन्दा बढी टिकटक भिडियो निर्माण भएको निर्देशक सुवास कोईरालाले जानकारी गराए । यो गीत अहिलेसम्म टिकटकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड उनले देखाएका छन् । एक महिनाअघि रिलिज गरिएको गीत युट्युवमा सोमबारसम्म १४ लाख ५३ हजारपटक हेरिएको छ ।

‘हाम्रो गीतको भिडियो सोचेभन्दा धेरै माथि पुगेको छ । टिकटकमा यसलाई ३५ लाख पटक हेरिँदा युट्युवमा १४ लाखपटक मात्र हेरिएकाले गीत टिकटकमा सफल भयो ।’ निर्देशक सुवासले भने । गीतको कभर भिडियो प्रतियोगिता राखिएकाले पनि टिकटकमा चर्चा पाएको हो ।

भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै चलचित्रका कलाकारहरू कर्मा शाक्य र नवनायिका प्रियंकासिंह ठकुरीको नृत्य छ । गीतमा निश्चलको जोडीको रूपमा अञ्जली योञ्जन छिन् । गीतमा कोसिस क्षत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीत कोसिस र मनीषा पोखरेलले गाएका हुन् । यसको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छन् ।

आकाश बराल, विनोल खतिवडा र सुवास आफैंले लेखेको फिल्मको कथा कसम नेपालको हो । निर्माताका रूपमा अजित प्रजापति र अशोक गौतम छन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी