टी–२० विश्वकप एसिया छनोट–नेपालले भुटानलाई फराकिलो अन्तरले हरायो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटान हराएको छ ।

प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो ।

 १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १र१ विकेट लिए । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमै सबै विकेट गुमाएर ३३ रनमै अलआउट भएको हो ।

भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बनाएका थिए । उनले १९ बलमा २ चौका समेत हानेका थिए  । अरु ब्याट्सम्यान भने नेपाली बलरसामु टिक्न सकेनन् । भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमै पेभिलियन फर्किए ।

टस हारेर ब्याटिङ गरेको नेपालले भुटानसामु १५१ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपालले निर्धा्रित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० रन बनाएको हो ।

नेपालका लागि ओपनर प्रदीप ऐरीले ७५ रनको शानदार अविजित पारी खेले । उनले ६८ बलमा २ छक्का र ६ चौका पहार गरे । प्रदीपले दोस्रो विकेटका लागि अनिलकुमार साहसँग मिलेर ६६ रनको साझेदारी गरे ।

अनिल १२औं ओभरमा व्यक्तिगत २७ रनमा आउट भएपछि आएका आरिफ शेखसँग उनले ३३ रनको साझेदारी गरे । आरिफले १३ रन बनाए भने उनी आउट भएपछि आएका दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए । ११ रन जोडेका करण केसी नटआउट रहे ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी