ट्राफिक कारबाहीमा करोडौं राजस्व संकलन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीबाट वर्षेनी करोडौं संकलन गर्दै आएको छ । महानगरीय ट्राफिक प्रहरीले पछिल्ला पाँच आर्थिक वर्षमा सबैभन्दा धेरै रकम २०७३÷७४ मा संकलन भएको छ । उक्त वर्ष ३५ करोड ६० लाख ६७ हजार ९०० रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त वर्ष ६ लाख ३९ हजार ६११ वटा सवारी साधन कारबाहीमा परेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा महाशाखाले विभिन्न कारबाहीमा २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ संकलन गरेको थियो । उक्त वर्ष ४ लाख ७२ हजार ४०७ वटा सवारी साधन कारबाहीमा परेका थिए । चालु आर्थिक वर्षको २०७५÷७६ को कात्तिकसम्ममा ९ करोड ८४ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । कारबाहीमा पर्ने सवारी साधनको संख्या १ लाख ४८ हजार ५५३ वटा छ ।

महाशाखाले विशेषगरी मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, क्षमताभन्दा धेरै यात्रु, गलत ओभरटेक गर्नेलाई कारबाही गर्दै आएको छ । यसरी हरेकवर्ष करोडौं राजस्व संकलन हुने भए पनि यसको उपयोग कसरी हुन्छ भन्नेमा महाशाखा जानकार छैन । सडकमा खटिने ट्राफिक प्रहरीले नै अनेक कठिनाइ भोग्नुपरेको छ । कतिपय ठाउँमा ड्युटीका प्रहरीलाई पिउने पानी र शौचालयसमेत हुँदैन ।

नीतिनियम कार्यान्वयन गर्न पनि पूर्वाधारको समेत आवश्यकता पर्छ । ट्राफिक व्यवस्थापन र नियम पालना गराउन पूर्वाधार अभाव रहेको ट्राफिक प्रहरीहरू बताउँछन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी