डा.केसीलाई भेट्न पूर्व प्रधानन्यायाधीशहरु शिक्षण अस्पतालमा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । बाइसदिन देखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छन्।

उनले आज दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

डा. केसीलाई भेट्न हिजो मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि शिक्षण अस्पताल पुगेका थिए । डा केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै उनले प्रधानमन्त्रीलाई डा. केसीका सबै माग पूरा गरिदिन अनुरोध समेत गरेका थिए ।

डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू आन्दोलित भएका बेला पूर्वप्रधानन्यायाधीशहरु सुशीला कार्की र कल्याण श्रेष्ठ शिक्षण अस्पताल महाराजगञ्जमा पुग्नुलाई सरकारमाथिको दबावको रुपमा लिइएको छ  ।

आज शिक्षण अस्पताल पुगेकी पूर्वन्यायाधीश कार्कीले डा. केसीका बाँकी माग पनि सरकारले पूरा गर्नु पर्ने बताएकी छिन् । उनले भनिन्, ‘म आशा गर्छु सरकारले डा केसीको माग पूरा गर्छ। अवश्य पूरा गर्छ। उहाँको माग पूरा गर्दा कुनै निश्चित पार्टीको जित हुने, कुनै निश्चित व्यक्तिको जित हुने मैले कहीँ देखेकै छैन। ’

डा. गोविन्द केसीको कुनै व्यक्तिगत माग नभएर हामी सबैको माग बताउँदै उनले भनिन्, ‘म सरकारसँग अनुरोध गर्छु यो माग पूरा गर्दिऊँ। उहाँहरुको जितै भएको जनताले महसुस गर्नेछन्।

डा. केसी २२ दिनदेखि अनसनरत् छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी