डा गोविन्द केसी १६ औं अनसनका लागि इलाम पुगे

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । डा गोविन्द केसीले आफ्नो १६औँ अनसन इलामबाट सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. केसीले १६ औं अनसनका लागि इलाम पुगेका हुन् ।

अनसनको बन्दोबस्त मिलाउनका लागि उनी मंगलबार इलाम पुगिसकेका उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिएका छन् ।

सरकारसँग भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएलगत्तै सरकारलाई दबाब दिन इलाम पुगेर अनसन सुरु गर्न लागेका हुन्।

यसअघि उनी १५औँ अनसन जुम्लामा बसेका थिए। सरकारले आफ्ना मागहरू पूरा गर्ने छाँटकाट नदेखेपछि डा. केसीले मंगलबारबाट पुनः अनशन सुरु गर्ने भएका हुन्।

डा. केसीसँग सरकारले विगतमा गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन।

उनले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटिइभिटीअन्तर्गतका कार्यक्रमहरू चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन तथा आवासिय चिकित्सकहरूलाई हतोत्साही गर्न तथा माफियाहरूका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेतिर सरकार लागेको आरोपसमेत लगाएका छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी