तलब नपाएपछि २ हजार नेपाली मलेशियामा आन्दोलित, भिडियो खिच्नेमाथि कुटपीट !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मलेशियाको डब्लुआरपी कम्पनिमा कार्यरत करिब २ हजार कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएपछि आन्दोलित बन्नु परेको छ ।नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिए पछि मलेशिया सरकार दमनमा उत्रिएको छ । उनीहरुले भिडियो खिच्ने नेपाली श्रमिकमाथि कुटपीट समेत गरेको पाइएको छ ।

हातमा लगाउने ग्लोब निर्माण गर्दै आएको उक्त कम्पनिले प्रहरी प्रयोग गरेर नेपाली कामदारमाथि घेराबन्दीमा राखेको छ ।

नेपाली मजदुरका अनुसार डब्लुआरपीले श्रमिकलाई तलब नदिई खानाको टोकन मात्रै दिइराखेको छ ।

श्रमिकहरुको अवस्था बुझ्नका लागि श्रम सहचारीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । उक्त स्थानमा आन्दोलनमा उत्रिएका मजदुरमाथि मलेशिया प्रहरीले कुटपीट समेत गरेको बताइएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी