तिम्ले बाटो फेर्यौ अरेको भाग–२

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको आधुनिक गीत निकै लोकप्रिय बन्यो । यसै गीतबाट गायिका मेलिना राईको चर्चा चुलियो र युट्युवमा यसैको भिडियो अत्यधिक हेरिएको छ । यसैको दोस्रो भाग गायिका मेलिनाले नै गाएकी छिन् । ‘तिम्ले बाटो फेर्यौ अरे’ को सफलतासँगै उक्त टिमले भाग–२ लिएर आएको हो ।

गीतमा दर्पण राईको शब्द समावेश छ भने बिक्रम राईले संगीत भरेका छन् । ‘तिम्ले बाटो फे¥यौं अरे’ को दोस्रो भागलाई लिएर गायिका मेलिना निकै उत्साहित छिन् । भन्छिन्, ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ  अरेले निकै सहयोग पु¥याएको छ । यसले पनि मेरो करिअरमा थप सहयोग गर्नेमा म विश्वस्त छु ।’ आफूले गाएका गीतमा मनपर्ने गीतमध्ये यो एक भएको मेलिनाको भनाइ छ ।

त्यस्तै, गीतकार दर्पण राई यस गीतलाई लिएर निकै आशावादी छन् । उनी भन्छन्, ‘पहिलो भागभन्दा दोस्रो भागमा धेरै मेहनत गरेका छौं । गीत मेकिङको हिसाबमा हामी कतै चुकेका छैनौं । त्यसैले यस गीतलाई लिएर निकै आशावादी छु ।’ पहिलो भाग निकै सफल भएका कारण सफल हुने उनको विश्वास छ ।

शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा मेलिना राई आफैँ देखिएकी छन् । अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको करिओग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी