थाइल्याण्डकी राजकुमारीद्वारा क्षमा याचना

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

बैंकक । थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन् । शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिनअगाडि उम्मेदवारी घोषणा गरेकी थिइन् । उनको उम्मेदवारीका बारेमा उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए ।
आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टा नबित्दै राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राखेका थिए । राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यताविपरित हुने राजाको भनाइ थियो । राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी घोषणा गरेको बताइएको छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उनकी बहिनी यिंलकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनी अहिले निर्वासनमा छिन् भने देश बाहिरैबाट उनले थाई रक्षा चार्ट पार्टी सञ्चालन गरिरहेकी छन् । थाइल्याण्डमा आउँदो मार्च २४ का दिन आमनिर्वाचन हुन लागेको छ ।
यसैबीच राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाइल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’ लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो ।
आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । उसकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिनअगाडि प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनको घोषणाप्रति उनका भाइ तथा थाइल्याण्डका राजा माहावाजिरा लोङकोर्नले आपत्ति जनाएका थिए । उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी