दुबईमा यसरी मनाईयो दशैं !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

दुबई । नेपाली समुदाय यूएईले नेपालीहरुको महान चाँड विजया दशैं भव्यताका साथ मनाएको छ। ज्योतिष तथा पण्डित डा. रुद्र नाथ अधिकारीको हातबाट टिका तथा आशिर्वाद ग्रहण गर्दै नेपाली समुदायसँग आबद्ध नेपालीहरुले दुबईको जबिल पार्कमा भब्यताकासाथ दशै सम्पन्न गरेको हो।

कार्यवाहक अध्यक्ष अमित सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान तथा सामूहिक टिका लगाइएको थियो । करिब ४० जनाको उपस्थिती रहेको कार्यक्रममा खानाका विभिन्न परिकारकासाथै नाच गान गरि कार्यक्रम रमाईलो बनाईएको  थियो।

समाज आधुनिक बन्दै गएपछि हराउँदै गएको सम्बन्ध र आपसी भाइचारा कायम राख्न कार्यक्रम गरिएको अध्यक्ष अमित सापकोटाले बताए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी