देशभर बन्दको प्रभाव – केही ठाउँमा शंकास्पद बस्तु भेटियो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा आज आब्हान गरेको नेपाल बन्दको  प्रभाव देखिएको छ ।

बन्दको प्रभाव उपत्यकामा त्यति नदेखिएपनि उपत्यका बाहिर भने बन्दको प्रभावले लामो दूरीका सवारी साधन चलेनन् ।

बन्दका कारण उपत्यकाका अधिकांश शैक्षिक संस्था भने बन्द रहेका छन् । पसल तथा बजार खुलेका देखिन्छन् ।   विहान सडकमा यातायातका साधन कम देखिपनि दिउँसोको समयमा प्रसस्तै चलेका छन् ।

कैलालीमा विवाहको एक गाडीमा आगजनी गरिएको छ । बुधबार मध्यरातमा विवाहको ब्यान्डबाजा सवार गाडीमा आगजनी गरिएको र गाडी क्षतिग्रस्त बनेको कैलाली प्रहरी प्रमुख आभुषण तिमल्सिनाले बताए ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले आजको बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । तर देशैभरका सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन ।

बुटवल, भैरहवा, पाल्पा, अर्धाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् । यसैबिच बन्दका क्रममा बुटवलको कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथी शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु देखिएपछी प्रहरी अनुसन्धान गरिरहेको छ ।

यसैबीच नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन्। अधिकांस बजार, कलकारखाना, शैक्षिक संस्था बन्द रहेका छन्।

बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साँझै काठमाडौँको अनामनगरमा कुकुर बम राखिएको फेला परेको थियो ।

बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएको भेटिएको छ ।

हेटौँडाको पूर्ब–पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको छ ।

उता प्यूठानको स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।सो वस्तु फेला परेको स्थानीयले जानकारी दिएपछि सुरक्षा टोली खटिएको थियो ।

प्युठानकै माण्डवी गाउँपालिका ३, देविस्थान र भिंगृमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका ५, स्थित रुकुमकोट जिल्ला अदालत नजिक पनि शंकास्पद बस्तु फेला परेको थियो ।

बन्दका कारण पूर्वतिर लामो दूरीका सवारी चलेका छैनन् । प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विराटनगरबाट पनि लामा दुरीका सवारी छुटेका छैनन् । विराटनगरबाट धरान, काकरभिट्टा जाने बस बसपार्कमा रोकिएका छन् ।

उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । शुक्रबार विहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी